Headlines News :
Home » » तुलसीपुरमा बहुआयामिक सुविधा सम्पन्न सभागृह निमार्ण कार्य शुरु हुदै

तुलसीपुरमा बहुआयामिक सुविधा सम्पन्न सभागृह निमार्ण कार्य शुरु हुदै

Written By Unknown on Monday, June 13, 2016 | 6:09 AM


बिमल गौतम/जेठ ३१, दाङ  ।  तुलसीपुरमा निमार्ण गर्ने भनिएको बहुआयामिक सुविधा सम्पन्न सभागृह निमार्ण कार्य शुरु हुने भएको छ ।


सभाहल निमार्णका लागी आज निमाण समिति बने पछि निमार्ण कार्यले गति लिने भएको हो । आज सम्पन्न भएको तुलसीपुर उद्योग बाणिज्य संघको आकस्मीक वैठकले सभाहल निमार्णका लागी संघका अध्यक्ष बिमल रिजालको संयोजकत्वमा ५ सदस्यीय निमार्ण समिति गठन गरेको हो ।

जसको सदस्यहरुमा सघका वरिष्ठ उपाध्यक्ष बिरु रावत , कोषाध्यक्ष ललित जंग शाह , मानार्थ सदस्य यज्ञ बहादुर केसी र सदस्य वेद प्रसाद वलि रहनु भएको छ ।

त्यस्तै वैठकले संघका सस्थापक अध्यक्ष , पुर्व तथा निर्वतमान अध्यक्षहरु लाई समितिको सल्लाहकारमा चयन गरिएको छ । त्यसैगरि सल्लाहकारमा गोकर्ण डागि , दिनेश डागि , नरेश्वर सापकोटा , तुलसीपुर नगर पालीकाका प्रमुख र तुलसीपुर नगर विकासका अध्यक्ष लाई चयन गरेको छ । साथै आजको वैठकले सभाहल निमार्णको काम तत्कालै शुरु गर्ने समेत निर्णय गरेको छ ।

संघको सभाहल निमार्णका लागी केहि समय अघि तुलसीपुरमा श्रीमद् भागवत महापुराणको समेत आयोजना गरि आर्थिक संकलन समेत गरेको थियो । तुलसीपुरमा सभाहल निमार्ण भए यस क्षेत्रको बिकासका साथै ब्यवसायीक हिसावले समेत फाईदा पुग्ने अपेक्षा लिईएको छ ।

यस्तै आजको वैठकले केहि समय अघि तुलसीपुर टेक्सी तथा मिनी माईक्रो , वस ब्यवसायि समितिका अध्यक्ष पवन वुढाथोकि र कोषाध्यक्ष ललित घर्ति माथि ज्यान मार्ने धम्की आएको घटना प्रति ध्यानाकाषर्ण भएको निर्णय गरेको छ । तुलसीपुर अनलाइनबाट


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger