|
|
जिल्ला बाल कल्याण समितिका अनुसार श्रममा लगाइएका बालबालिकामध्ये ११ जनालाई मात्र विद्यालय पठाउने गरिएको छ । ‘उनीहरू न्यून आर्थिक अवस्था भएको परिवारका सदस्य हुन्,’ जिल्ला बाल अधिकार अधिकृत गोकर्णप्रसाद पुनले भने, ‘श्रममा लगाइएका बालबालिकालाई विद्यालय पठाउन सकिने अवस्था छैन ।’
११ मध्ये २ बालबालिकालाई शैक्षिक सहयोग उपलब्ध गराइएको छ । समिति अध्यक्ष प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले आर्थिक सहयोगबिना श्रममा राखिएका बालबालिकालाई घर फिर्ता गरेर पनि विद्यालय पठाउन सकिने अवस्था नभएको बताए । इकान्तिपुरबाट
Post a Comment