Headlines News :
Home » » रुकुममा खोला तर्न यस्तो सकस, विकास हेर्न गएकी सांसदले दिइन २५ रुपैयाँ, तस्बिरमा हेर्नुहोस !

रुकुममा खोला तर्न यस्तो सकस, विकास हेर्न गएकी सांसदले दिइन २५ रुपैयाँ, तस्बिरमा हेर्नुहोस !

Written By Unknown on Thursday, June 30, 2016 | 5:44 AM


असार १६, रुकुम । पुल नहुँदा वर्षाको समयमा रुकुमको घेत्माखोला तर्न निकै सकस छ ।



सामान्य मान्छे आफ्नै बलबुताले खोला तर्न सक्दैनन् । खोला तर्न बनाइएको काठेपुल बुधबार आएको बाढीले बगाएपछि झनै समस्या थपिएको छ । अहिले केही स्थानीय बासिन्दाले खोलामा काठ राखेर डोरीको सहायताले खोला तर्न सहयोग गरिरहेका छन् ।

रुकुम, जाजरकोट र डोल्पाका मानिसहरु आवतजावत गर्ने प्रमुख बाटोमा पर्ने घेत्माखोलामा पक्की पुल नहुँदा वर्षेनी यस्तै हैरानी हुन्छ । जिल्लामा भएका विकास निर्माणको अनुगमन गर्न गाउँ आउनुभएकी जाजरकोटकी सांसद रीता रावललाई पनि घेत्माखोला तर्न उस्तै सकस भयो ।

स्थानीय बासिन्दाको सहयोगमा खोला तरेपछि सांसद रावलले २५ रुपैयाँ दिनुभयो । उहाँसँग मात्रै होइन खोला तारेर सहयोग गरे बापत सबैले २५ रुपैयाँ दिनुपर्ने खोला तार्दै आउनुभएका स्थानीय सेतु खत्रीले बताउनु भयो । जाजरकोट डोल्पा सडकको राडी छेपारे सडक खण्डमा पर्ने रुकुमको घेत्माखोला तारिदिए वापत सांसद रावलले २५ रुपैयाँ तिर्नुभएको हो । ‘सहयोग बिना खोला तर्न गाह्रो छ’ खोला तरेपछि एक यात्रु सुनिता बोहराले भन्नुभयो ।

खोलाबाट वारपार गर्न समस्या भएपछि प्रतिब्यक्ति २५ रुपैयाँ लिएर काठ र डोरीको सहायताले यात्रुलाई तार्ने गरेको खत्रीले बताउनु भयो । खोलामा पुल बनाउनका लागि धेरै पटक हारगुहार गरेपनि बजेट नपरेको उहाँले गुनासो गर्नुभयो । उहाँले यात्रुहरुलाई सहयोग गर्न भनेर जोखिम मोलेरै भएपनि खोला तार्ने गरेको बताउनु भयो । खोला बढेपछि यातायातका साधन समेत तर्न सक्दैनन् ।

यात्रुहरुले रकम तिरेर खोला तर्न बाध्य भएको र यातायातका साधन तर्ने गरी पक्की पुलको ब्यवस्थाको लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने सांसद रावले बताउनुभयो । घोत्मे खोलाको यो क्षेत्र रुकुम क्षेत्र नं २ का सांसद एवं पूर्व मन्त्री जनार्दन शर्माको क्षेत्र हो । -राजेन्द्र कार्की/उज्यालो अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger