|
|
विनोद डाँगी/असार १६, रोल्पा । नेपालमै पहिलोपटक आखाँ जाच संबन्धि मेडिक हेल्थ प्रविधि रोल्पा जिल्लामा चलिरहेको छ ।
नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा जिल्ला सामुदायिक आखाँ केन्द्रमार्फत नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाको समन्वयमा यो प्रविधि नेपालमै पहिलोपटक रोल्पामा सुरु गरिएको आखाँ केन्द्र रोल्पाका इन्चार्ज भोजराज पोख्रेलले बताउनु भयो ।
मेडिक हेल्थ सम्बन्धि रोल्पा जिल्लाका २४ गाविसका २०९ जना महिला स्वास्थ्य स्वंयसेविकाहरु, २४ गाविस अन्तर्गत सबै हेल्थपोष्टका ४७ जना इन्चार्ज र सह इन्चार्जहरुलाई र १२ गाविसका १०२ जना महिला स्वास्थ्इ स्वयंसेविका र १२ गाविसकै हेल्थपोष्ट इन्चार्ज र सह इन्चार्जहरुलाई आधारभुत आखाँ जाच सम्बन्धि स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
२४ गाविसका सबै म.स्वा.स्वं हरुलाइ मोबाइल र सिम समेत निःशुल्क उपलब्ध गराइएको छ भने सोही गाविसका स्वास्थ्यकर्मीहरुलाइ मोबाइल मात्र उपलब्ध गराइएको छ । तालिम प्राप्त स्वयंसेविका र स्वास्थ्यकर्मिहरुले सामान्य आखा चेक जाच गर्न र बिरामिहरुलाई आखाँ केन्द्रसम्म पठाउन सक्षम भएको उहाँले जानकारि दिनुभयो । गाउँबाट आखाँ केन्द्र पठाइएका बिरामिहरुको अपडेट तिलगंगा आखाँ केन्द्र काठमाण्डौसम्म पुग्ने र नआएमा के कारणले नआएको भन्ने बारेमा आफुहरुले खोजनिति गर्ने उहाँले बताउनु भयो ।
मेडिक हेल्थकै लागि भनेर थप २ जना कर्मचारि फिल्डमा र एक जना कार्यालयमै रहेका छन । नेपालमै पहिलोपटक मेडिक हेल्थ सेवा रोल्पामा सञ्चालन गर्न पाउनु रोल्पालीको भाग्य भएको पोख्रेलले बताउनु भयो । यस्तै पछिल्लो समयमा रोल्पामा आखाँ जाच गर्नुपर्छ भन्ने धारणा सर्वसाधारणमा बढेको पाइएको छ ।
आखा केन्द्र लिबाङ रोल्पाको तथ्यांकलाइ मात्र हेर्ने हो भने गत बर्ष भन्दा यसबर्ष आखा जाचको लागि केन्द्रमा आउनेहरुको संख्यामा करिब २० प्रतिसतले बृद्धि देखिएको सामुदायिक आखा केन्दले जनाएको छ । गएको २०७२ साल श्रावण १ गते देखि २०७३ अषाढ सम्म आखाँ केन्द्रबाट ४ हजार ७ सय ५५ जना बिरामिले चेकजाचँ गरेका, जसमध्य ३७ जनाको सामान्य अपरेशन गरिएको छ, भने गाउँ गाउँमा आयोजना गरिएको घुम्ति शिविर, स्वास्थ्य शिविर बाट २ हजार २ सय ७५ जनाको जाचँ गरिएको छ ।
त्यस्तै काठमाण्डौ तिलगंगाको सहकार्यमा संचालित निशुल्क आखाँ अप्रेसन शिविरबाट १ सय २२ जनाको अप्रेशन गरिएको छ । अहिलेसम्म केन्द्रमा सामान्य आखाँ पाक्ने, आखाँमा चोटपटक लागेका, बाबालिकामा हुने दृष्टिदोष, उमेरका कारणले हुने दृष्टिदोष र मोतिया विन्दुका बिरामिहरु आउने गरेका छन ।
दैनिक सरदर २० जना जति आखाँका बिरामिहरु आउने गरेको पोख्रेलले बताउनु भयो । अहिले आखाँ केन्द्र रोल्पा नेपाल रेडक्रस सोसाइटिको जिल्ला शाखाको भवनबाट संचालन भैरहेको छ । लामो समय सम्म आफ्नै भवन नहुदा समस्यामा परेको आखाँ केन्द्र अब भने आफ्नै भवनमा सर्ने भएको छ । लिबाङ नगरपालिका ०६ पिपलचौतारा निवासी स्थानिय समाजसेवि चिन्तामणि आचार्यले करिब रु ५० लाखको जग्गा दान गरेपश्चात अहिले उक्त जग्गामा भवन सम्पन्न भैसकेको छ ।
करिब २० दिन भन्दा अगाडि नै आँखा केन्द्रको भवन निर्माण को कार्य सम्पन्न भएपनि सर्नको आँखा केन्द्रका अध्यक्ष ज्यु सँग सल्लाह भैरहेको पोख्रेलले बताउनुभएको छ । अहिले सम्म नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा को भवनमा आँखा केन्द्र सँञ्चालन भैइरहे पनि अब आफ्नै भवनमा सर्दा रेडक्रस लाइ पर्दै आइरहेको ब्ययभार मा पनि सहजता आउनुको साथै रेडक्रसका विविध गतिविधी सञ्चालनमा सहयोग पुग्ने भन्ने पोख्रेलको ठहर छ ।
रेडक्रस सँगको सम्बन्धको विषयको छुट्टै प्रसँगमा वहाँले थप्नुभयो रेडक्रसको लगाएत जिल्ला स्थित सरकारी तथा अन्य सस्थाहरुको अतुलनिय सहयोगले मात्र रोल्पामा आँखा स्वास्थ्य सम्बन्धी विभिन्न आधुनिक प्रविधी का कार्यक्रम हरु सम्पन्न गर्न सकेको र रेडक्रस सँगको समन्वय गर्ब गर्न लायक रहेको भनाइ राख्नुभयो ।
नयाँ भवनमा कहिले सम्म सर्ने भन्नेमा अध्यक्ष सँग सल्लाह भैरहेको र अध्यक्षसंग सहमति भएपश्चात तत्काल नै सर्ने उहाँले बताउनु भयो । अहिले जिल्ला सामुदायिक आखाँ केन्द्र रोल्पाको बैक खातामा औषधी र चश्माको विक्रीको सबै रकम आँखा केन्द्रको खातामा जम्मा हुने र औषधी चश्मा को खरिद लागत पनि सहयोगमा चलेको हुनाले अहिलेको बचत ले भोलीका दिनमा आँखा केन्द्रलाइ दिगो र स्थायी बनाउन कोशेढुँगा सावित हुने उहाँको विश्वास छ ।
साथै कसैको सहयोग नभएपनि रोल्पामा आँखा स्वास्थ्यको विकासको लागी मात्र प्रयोग हुर्ने इन्चार्ज पोख्रेलले बताउनुभयो । स्थापना काल देखि हाल सम्म यसरी नियमित बचत गरिने रकम आजका मिति सम्म कृषि विकास बैकको मुद्दती र बचत खातामा गरि करिब ७१ लाख जति रहेको छ । -साझा सबालबाट
Post a Comment