|
|
शैक्षिक सत्र सुरु भएको २ महिना वितिसक्दा पनि ४ ओटा विषयको पढाई नै सुरु नगरेको, विद्यार्थीहरुलाई अँघिल्लो वर्षको छात्रवृति नवाँडेको, शिक्षकहरु विद्यालयमा आएर पनि क्लास नलिने गरेको, विद्यालय व्यवस्थापन समिति गठन भएको २ वर्ष सम्म अभिभावक भेला नगरेको भन्दै विद्यार्थीहरुले तालावन्दि गरेका हुन ।
कक्षा ६, ७, ८ को नैतिक र विज्ञाण तथा कक्षा ९ र १० को गणित र अर्थशास्त्र विषयको पढाई नै सुरु नगरिएको कक्षा १० मा अध्ययनरत छात्रा शुसन गुर्तालले जानकारी दिनुभयो । तत्काल शिक्षकको व्यवस्था, छात्रवृति वितरण, शिक्षकहरुको आचरण सुधार नभएसम्म तालावन्दि नखोल्ने विद्यार्थीहरुको भनाई छ ।
यस विषयमा विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई वुझ्दा ः गणित विषय पढाउने शिक्षक नाम निकालेर अन्तै पोष्टिङ भएपछि विद्यालयमा समस्या भएको र अर्को शिक्षकको व्यवस्था साउन महिना सम्म मात्र गर्न सकिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद वुढाले वताउनुभयो । विभिन्न कारणले अभिभावक भेला गर्न नसकिएको स्विकार गर्दै उहाँले अव चाँडै अभिभाव भेला वोलाईने वताउनुभएको छ ।
विद्यार्थीहरुले उठाएका मागहरु सवै जायज नभएर कतिपय आरोप मात्रै भएको विव्यस अध्यक्ष वुढाको भनाई छ । साझासबलबाट
Post a Comment