|
|
आगामी असार ५ गते रुकुम सदरमुकाम मुसीकोट खलंगामा राप्ती अन्चलका पाँचै जिल्लाका लोकनृत्यको प्रदर्शनी हुने रुकुमका स्थानिय विकास अधिकारी भरत कुमार शर्माले जानकारी दिनुभयो ।
गत वर्ष रुकुमको रुकुमकोटमा वसेको राप्ती अञ्चलका स्थानिय विकास अधिकारीहरुको बैठकले गरेको निर्णय अनुशार राप्ती अञ्चल पर्यटन विकास समितिले लोक नृत्य प्रदर्शनी कार्यक्रम आयोजना गरेको हो । राप्तीका विभिन्न जिल्लामा रहेका स्थानिय लोक नृत्यको संरक्षण तथा प्रवद्र्धनमा टेवा पु¥याउने उद्ेश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।
प्रदर्शनीमा रुकुमको सिंगारु, गरूवा पैंसेरी, प्युठानको सराय, रोल्पाको भुम्या, दाङको थारु र सल्यानको सोरठी र नाच प्रश्तुत हुनेछन् । रुकुम भ्रमण वर्षको अवसरमा गत वर्ष नै लोकनृत्य प्रदर्शनी गर्ने भनिएपनि यस वर्षलाई “साँस्कृतिक प्रवद्र्धन वर्ष”को रुपमा मनाउने निर्णय अनुशार असारमा कार्यक्रम गर्न लागिएको स्थानिय विकास अधिकार शर्माले बताउनुभयो । कार्यक्रम ब्यबस्थापनमा सहयोग गर्न चाहने संघ संस्थाहरुलाई सम्पर्क गर्न जिल्ला विकास समिति रुकुमले आग्रह गरेको छ । साझासबलबाट
Post a Comment