Headlines News :
Home » » प्युठानबासीलाई बामदेबले चुनाब जित्न झुटा आश्वासन दिए: स्थानीय

प्युठानबासीलाई बामदेबले चुनाब जित्न झुटा आश्वासन दिए: स्थानीय

Written By Unknown on Tuesday, June 7, 2016 | 7:30 PM


सलिम अन्सारी/ प्यूठान, २५ जेठ । संविधानसभा निर्बाचनको समयमा स्थानिय दलका नेताहरुले सर्बसाधारण सामु गरेको प्रतिबद्धता अझै पूरा गर्न सकेका छैन्न ।

राजनितिक दलका नेताहरुले भोट माग्दै बिकास गर्छु भनेर दिएको आश्वासन प्युठानबासी स्मरण गर्छन। प्युठान क्षेत्र नम्बर १ बाट चुनाव जितेका बामदेव गौतम उपप्रधान एवम गृहमन्त्री समेत बने,तर उनले आफैले गरेको बचनबद्धता भने पूरा गरेन्न । अर्को वर्ष चाल्नेटार विमानस्थल उद्घाटन गर्न प्लेन चढेर मै आउने छु ।’



दुईवर्ष अघि उनले दिएको यो आश्वासनबाट जिल्लावासी खुवै उत्साहित थिए । तर,हालै सार्बजनिक भएको आर्थिक वर्ष २०७३/७४ को बजेट भाषणमा चाल्नेटार विमानस्थलको नामै नपरेपछि जिल्लावासी निराश देखिएका छन । यसपटकको बजेटमा चाल्नेटार बिमानस्थलमा रकम बिनियोजन हुने आशा बोकेका जिल्लाबासी निरास भएका हुन ।

बर्जिवाङ–४ प्यूठानमा अघिल्लो वर्ष नै निर्माण कार्य पुरा गरी उद्घाटन गर्ने भनिएको विमानस्थलको अझैसम्म विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत गरिएको छैन् । यस पटकको बजेट भाषणमा विमानस्थलको कामले गति लिने गरी रकम विनियोजन हुने आशा गरेका प्यूठानी निराश भएका हुन् । ‘चाल्नेटार विमानस्थल बजेट्मै नपर्नु दुखद विषय हो’,नागरिक समाजका अगुवा अर्जुन कुमार कक्षपतीले भने,‘ केन्द्रिय तहमा पहुँच हुने नेताहरुले यसप्रति विशेष चासो दिनुपर्ने हो।”

दोस्रो संविधानसभा निर्वाचनमा विमानस्थलको काम छिटो भन्दा छिटो शुरु गर्ने सासंद् गौतमले आफ्नो प्रतिवद्धतापत्रमा समेत उल्लेख गरेका छन् । प्युठानको बिकास र सम्बृद्धिक लागि भन्दै उनले जिल्ला र राष्टिय तह मै महत्व राख्ने बिकास समबन्धी ३४ बुंदे प्रतिबद्धता जारी गर्दै भोट माग्न गाउँ पसेका थिए। जनतासंग र सार्बजानिक कार्यक्रमहरुमा समेत पट्क पटक बोल्ने गरेका कुरा समयमै पुरा नहुँदा जिल्लाका चोक–चोकमा हिजोआज ‘बामदेवका खोक्रा आश्वासन’ भनेर धेरैले टिप्पणी समेत गर्न थालेका छन् ।

प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले भने,‘पर्यटन क्षेत्रसँग जोडिएको जिल्लाको महत्वपूर्ण चाल्नेटार विमानस्थल प्यूठान र रोल्पाका लागि अति आवश्यक रहेको बताए । पवित्र धार्मिक एवं पर्यटकिय तिर्थस्थल स्वर्गद्धारीको प्रवद्र्धनमा यस्को विशेष योगदान रहने उल्लेख गर्दै उनले यसतर्फ राज्यको ध्यान केन्द्रीत हुनुपर्ने धारणा व्यक्त गरे ।

‘नीजि क्षेत्रको तर्फबाट अर्थमन्त्रीसँगको भेटमा पनि चाल्नेटारको विषयलाई उठाएका थियौँ,’न्यौपानेले भने,‘बजेटमा समावेश नहुँदा नीजि क्षेत्र चिन्तित छ ।’यो सँगै भिंगृ–स्वर्र्गद्धारी केवुलकारको समेत बजेटले नसमेटेको प्रती उनले चिन्ता गरे । धेरै नेता जन्मिए पनि नीति निर्माणको तहमा कोही पुगेनन् भन्ने जिल्लबासिको गुनासोका बिच दोस्रो संविधानसभा निर्वाचनपछि राज्यको उच्च तहमा प्यूठानको उपस्थिती राम्रै रह्यो । त्यसैले अब विकासले कांचुली फेर्ने धेरैले आशा गरे ।

तर, बिकासले सोचे अनुसारको गति लिन सकेन।पञ्चायतमा टंकबहादुर विष्ट सहायक गृहमन्त्री भएबाहेक राज्य तहसम्म पहुँच थिएन । तर, दुई वटा निवार्चन क्षेत्र भएको प्यूठानमा अहिले ६ सांसद छन् । क्षेत्र नं. १ का सांसद् वामदेव गौतम उपप्रधान एवं गृहमन्त्रीसमेत भए ।

प्यूठान रस्पुरकोटका गोविन्दराज पोख्रेल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भए भने प्यूठानी बुहारी रेखा शर्मा हाल सामान्य प्रशासनमन्त्री छिन् । नीति निर्माणको तहमा प्रतिनिधित्व पाएर पनि प्युठानी अगुवाहरुले बिकासका उल्लेखनिय भुमिका निर्बाह गर्न नसकेको नागरिक समाजका अगुवाहरुको भनाइ छ । साझासबाल अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger