Headlines News :
Home » » रुकुमका ४ गाविसमा एकिकृत परियोजना सञ्चालन

रुकुमका ४ गाविसमा एकिकृत परियोजना सञ्चालन

Written By Unknown on Friday, June 3, 2016 | 5:34 AM


मेगराज खड्का, रुकुम/२१-जेठ । रुकुममा ४ गाविसमा एउटा नयाँ एकिकृत परियोजना सञ्चालन हुने भएको छ । परियोजनाले आज रुकुम सदरमुकाम खलंगामा परिचयात्मक कार्यक्रमको आयोजना गरि यस्तो जानकारी दिएको हो ।



सेभ द चिल्ड्रेनको सहकार्यमा रुकुमेली समाज विकास केन्द्र रुकुमद्धारा जिबिकोपार्जन तथा पोषण, शिक्षा र बाल संरक्षण सबै क्षेत्र समेटिएको एकिकृत परियोजना सञ्चालन भएको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले जानकारी दिए ।

उनका अनुसार जिल्लाको खोलागाउँ, नुवाकोट, सिम्ली र गरायला गाविसमा कार्यक्रम सञ्चालन हुनेछ । उक्त गाविसका बिद्यालय र स्थानीय बालक्लबहरु परियोजनाका लक्षित बर्ग रहेका छन । परियोजना मार्फत अतिबिपन्न समुदायहरुको आयआर्जनमा सुधार गरि बालबालिकाहरुको पोषणामा समेत सुधार ल्याउने छ ।

त्यस्तै शिक्षामा समातामुलक पहुँच बिस्तार गरी शैक्षिक उपलब्धी बृद्धि गर्ने र जोखिममा परेका बालबालिकाहरुको अधिकार सुनिश्चित गर्दै संरक्षण गर्ने परियोजनाको लक्ष्य रहेको छ । परियोजना मार्फत कार्यक्रम सञ्चालित गाविसका बालबालिकाहरुलाई उपचारात्मक कक्षा सहयोग गर्ने, पढाई शिबिर सञ्चालन गर्ने सगै गाउँगाउँका बालक्लब गठन गरि बिभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्ने शिक्षा अधिकृत केशब बिसीले जानकारी दिए ।

कार्यक्रममा सहभागी जिल्ला स्थित राजनैतिक दलका प्रमुख, जिल्ला स्थित कार्यालय प्रमुख र सरोकारवाला निकाहरुले कार्यक्रम निकै राम्रो भएको भएपनि सुगम भन्दा पुर्बी रुकुमका दुर्गम गाविसतिर कार्यक्रम सञ्चालन भएको भए झनै प्रभाबकारी हुने सुझाब दिएका थिए । पुर्बी रुकुममा यस्ता कार्यक्रम सञ्चालन गर्दा त्यहाँको शिक्षा, पोषण र बालबालिकाहरुको चेतनास्तरमा बृद्धि हुने उनीहरुको भनाई रहेको थियो । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger