Headlines News :
Home » » यदी तपाइकि श्रीमतीमा यी ४ गुण छन् भने, तपाइँ भाग्यशाली हुनुहुन्छ !

यदी तपाइकि श्रीमतीमा यी ४ गुण छन् भने, तपाइँ भाग्यशाली हुनुहुन्छ !

Written By Unknown on Friday, June 3, 2016 | 5:40 AM


हिन्दू धर्ममा श्रीमतीलाई श्रीमानको अर्धांगिनी पनि भन्ने चलन छ, जसको अर्थ हो श्रीमती श्रीमानको शरीरको आधा अंग हुन् । महाभारतमा भीष्म पितामाहले भनेका छन् कि ‘पत्नीलाई सदैव प्रसन्न राख्नु पर्छ किनकी उसकै कारण वंशको वृद्धि हुन्छ । यसको अलवा पनि धेरै ग्रन्थहरुमा श्रीमतीको गुण र अवगुणको बारेमा विस्तारपूर्वक बताईएको छ । गरुड पुराणमा पनि श्रीमतीका केहि गुणहरुको बारेमा बताईएको छ । यसको अनुसार जो व्यक्तिको श्रीमतीसँग यी ४ गुण हुन्छ, उसलाई स्वयम् देवराज इन्द्र यानकी भाग्यशाली भनेर बुझ्नु पर्छ । के छन् त गुणहरु-



सा भार्या या गृहे दक्षा सा भार्या या प्रियंवदा ।
सा भार्या या पतिप्राणा सा भार्या या पतिव्रता।।
अर्थात- जो पत्नी गृहकार्यमा दक्ष छिन्, जो प्रिय छिन्, जसको लागि श्रीमाननै प्राणसमान हुन् र जो पतिपरायण हुन्, वास्तवमा उनि मात्र सच्चा श्रीमती हुन् ।

गृहकार्यमा दक्ष / घर सम्हाल्ने जिम्मेवारी
गृहकार्य यानेकि घरको काम, खाने बनाउने, सरसफाई गर्ने, घरको सजावट गर्ने, कपडा तथा भाडा सफा गर्ने, बच्चाको जिम्मेवारी निभाउने, घरमा आएका पाहुनाहरुको मान-सम्मान गर्ने, कम खर्चमै घर चलाउन सक्ने आदि कार्यमा निपुण हुन्छिन्, भने उनैलाई गृहकार्यमा दक्ष मान्ने गरिन्छ । यस्ता गुण जसको पत्नीमा छ, उनि आफ्नो श्रीमानको प्रिय हुन्छिन । यस्ता गुणले घरमा कलह सृजना हुँदैन ।

प्रियवादिनी यानेकि मीठो बोली
त्यस्ती श्रीमती जो घरमा सबैसँग मिठो बोल्छिन् । आदर र मायाँको भावमा संधै उनको ख्याल जान्छ । उनि सबैको प्रिय हुन्छिन् ।  यस्तो स्वभाव भएकी आफ्नो श्रीमतीको कुरा सुन्नको लागि पति पनि तयार हुन्छ । आफ्नी श्रीमतीले आदर/प्रेम पुर्बक भनेको कुरामा पति निकै सम्बेदनशील बन्छन र उनको इच्छा पुरा गर्न कोशिश गर्छन । श्रीमानसँगै आफ्नो घरको अरु सदस्यलाई प्रेमपुर्बक बोल्ने श्रीमतीले कहिलै पनि घरमा कलह सृजना गर्दीनन्  । यस्तो अवस्थामा कुनैपनि परिवारलाई उनले राम्रो वातावरण दिन सक्छिन |

पतिपरायणा यानेकी श्रीमानको हरेक कुरा मान्ने
जसको श्रीमती आफ्नो श्रीमानलाई सर्वस्व मान्छिन् | उनि आफ्नो श्रीमानको हरेक कुराको इच्छा पुरा गर्न आतुर बन्छिन् । उनलाई धर्म ग्रन्थहरुमा पतिव्रता मानिन्छिन् । पतिव्रता पत्नी सदैव आफ्नो श्रीमानको सेवामा लाग्छिन्, भुलेर पनि उनले आफ्नो पतिको चित्त दुखाउने कुरा गर्दिनन् । त्यस्ता श्रीमतीहरु अरु श्रीमतीहरु भन्दा बढी नै खुसि हुन्छन । आफ्नो श्रीमानलाई संधै प्रसन्न राख्ने प्रयास गर्ने श्रीमतीलाई श्रीमानको पनि त्यस्तै ब्यबहार हुने हुँदा उनीहरुको दाम्पत्य जीवन निकै सुखदायी बन्ने गर्छ । उनि आफ्नो श्रीमानलाई कुनै काम गर्न आग्रह गर्दा पनि निकै संयमित बन्ने गर्छिन् । श्रीमानको हरेक अवस्था बुझ्न सक्ने उनिसँग क्षेमता हुन्छ । श्रीमानको जस्तोसुकै रिसमा पनि उनि संयमित बन्न सक्छिन् ।

धर्मको पालना
एक श्रीमतीको लागि सबैभन्दा पहिले धर्मको ख्याल हुनु जरुरी छ । उनले आफ्नो श्रीमान र परिवारको हितमा सोच्नु जरुरी छ । उनले यस्तो काम गर्दिनन् जुन कामको कारण परिवारमा कलह होस् वा कसैलाई चित्त दुखोस् । जो निरन्तर आफ्नो धर्मको पालना गर्छिन् उनि संधै आफ्नो श्रीमानको प्रिय बन्छिन् । उनि आफ्नो श्रीमानलाई दु:ख लाग्ने कुरा नगर्न संधै सतर्क हुने गर्छिन् ।

जसको यस्ता गुण भएकी श्रीमती हुन्छन्, त्यस्ता श्रीमानहरु भगवान इन्द्र समान सुखी र खुसि हुन्छन । साझासबाल अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger