Headlines News :
Home » » चट्याङ लागेर दाङमा एक महिलाको मृत्यु, तीन घाईते

चट्याङ लागेर दाङमा एक महिलाको मृत्यु, तीन घाईते

Written By Unknown on Thursday, June 9, 2016 | 12:53 AM


सन्तोषकुमार गुप्ता/जेठ २७, दाङ । चट्याङ लागेर दाङमा एक महिलाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

पानीसँगै आएको चट्याङमा परी बाघमारे १ बगिया निवासी ५१ वर्षिया देउमती खडकाको मृत्युभएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको हो । प्रहरीका अनुसार भान्सामा काम गरिरहेको समयमा खडकालार्ई चट्याङले लागेको थियो ।



घरमा राखेको सोलारमा चट्याङ लाग्दा सोलार पूर्णरुपमा नष्ट भएको छ भने घरमा सामान्य क्षेति पुगेको छ । अस्ती परेको चट्याङ लागेर मानपुरमा १ जनाको ज्यान गएको थियो । यो हप्तामा मात्र दाङमा चट्याङ लागेर ३ जनाको ज्यान गई सकेको छ ।

उता चट्याङ लागेर आज बुधवार सिसहनियाँ ४ पिपरीमा एकै घरका तीन जना घाइते भएका छन् । विहान साडे ८ बजेतिर पानी सँगै परेको चट्याङले पिपरीका ३ बुवा छोरा घाइते भएका छन् ।

५२ वर्षका जितबहादुर चौधरी र उहाका छोरा लहानु र गोर्वधन घाईते हुनुभएको छ । छिमेकी छेदु चौधरीको घर नजिक खेतमा काम गर्न गएका बेला परेको पानीबाट बच्न घरमा ओत लागेर बसेका बेला चट्याङमा परि तीनै जना घाइते भएको प्रहरी चौकी सिसहनियाँका प्रमुख यज्ञमणी वैदिकले जानकारी दिनु भयो ।  घाइते मध्ये गोर्वधन चौधरी र लहानु चौधरी गम्भीर घाइते हुनुभएको छ ।

चट्याङबाट घाइते भएका तीनै जनालाई प्राथामिक स्वास्थ्य केन्द्र लमहीमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । यस अघि पनि सिसहनियाँ २ जगपुरका श्यामदेव चौधरीको चट्याङमा परि मृत्यु भएको थियो भने लालमटिया ५ खिनैटाकी एक आर्की महिला घाइते भएका थिए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger