Headlines News :
Home » » एमाले दाङमा आरोप प्रत्यारोपको दोहरी

एमाले दाङमा आरोप प्रत्यारोपको दोहरी

Written By Unknown on Thursday, June 9, 2016 | 1:01 AM


सन्तोषकुमार गुप्ता/जेठ २७, दाङ । नेकपा एमाले दाङको विवाद झनै चुलिदै जाने संकेतहरु देखापरेका छन् । जिल्ला कमिटीको सचिवालयले कारवाही गरेका व्यक्ति र स्पष्टिकरण सोधिएका सचिवको अगुवाईमा धमाधम एक पछि अर्को निर्णय गर्दै जानुले त्यही संकेत गर्छ ।



एमाले दाङका इञ्चार्ज मेटमणि चौधरीले अवैध व्यक्ति र कथित पदमा रहेकाहरुले पार्टीलाई नै बदमान गराउने र मुठभेडको स्थिति सृजना गर्न खोजेको आरोप लगाए । कार्यबहाक अध्यक्ष हुकुमबहादुर बस्नेत नेतृत्वको अर्काै समुहले पनि कार्यबहाक अध्यक्ष जोगबहादुर राणालाई जेठ १६ गते नै कारवाही र निलम्वन गरिएकोले उक्त समुह अवैद्य रहेको बताउँछ ।

तर एमालेका केन्द्रीय सदस्य समेत रहेका अखिल नेपाल महिला संघको नयाँ नेतृत्वलाई स्वागतका लागि मानपुरमा आयोजना गरिएको कार्यक्रममा सहभागिताका लागि आफू लगायत अन्य नेताहरु गएको समयमा भरतपुरमा रहेको पार्टी कार्यालय कव्जा गरेर विभिन्न अवैद्य निर्णयहरु गरेको कुरा संचारमाध्यम माध्यम मार्फत सुन्दा र देख्दा आफूहरु आश्चर्यमा परेको मेटमणि चौधरी बताउँछन् । बस्नेतको समुह आएर कार्यालयमा कार्यालय सचिव रामप्रसाद चौधरी मात्रै रहेको समयमा उनलाई अध्यक्षको कोठाबाट निकालेर बाहिर निकाली अबैद्य रुपमा बैठक बसको चौधरीले बताए ।

नेकपा एमाले दाङ जिल्ला कमिटीको सचिवालयमा २१ जना रहेकोमा गत जेठ १३ गतेका दिन १२ जनाको बहुमतमा बैठक बसेकोमा मंगलबार स्पष्टिकरण सोधिएका जिल्ला सचिव हुकुम बस्नेत र दुई बर्षका लाग कारवाहीमा परेका पूर्व सचिवालय सदस्य मनोहर बुढाथोकी समेत सात जना बैठक बसेको र त्यो बैठक कुनै पनि अर्थमा बैधानिक नरहेको जिल्ला इञ्चार्ज चौधरीले दाबी गरे । यस्तै दाबी बस्नेत पक्षधरहरुको पनि छ । राना समुहले धम्कि दिएर अनि अपहरण सैलिमा नेताहरुलाई खेरेर बहुमतको ढ्वाङ फुक्दै आएपनि आफुहरु संग स्पष्ट बहुमत रहेको दाबी गर्छ ।

 तर केन्द्रीय सदस्य चौधरी भने जिल्ला कमिटीको बैठक अध्यक्षको अध्यक्षतामै बस्छ वा अध्यक्षले कार्यवाहक दिएको व्यक्तिको अध्यक्षतमा बैठक बस्न सक्छ । जिल्ला अध्यक्ष र जिल्ला इञ्चार्जलाई जानकारी नै नदिएर बस्ने बैठक अबैद्य नै हुने उनको जिकिर थियो । नेकपा एमालेको दुई बर्ष अघि सम्पन्न महाधिवेशनमा तत्कालिन अध्यक्ष नरुलाल चौधरी केन्द्रीय सदस्यको उमेदवार बनेपछि महाधिवेशनले गरेको निर्णयकै आधारमा उपाध्यक्ष जोगवहादुर राना एमाले दाङको अध्यक्ष बनेका थिए ।

यसविचमा दुबै पक्षले एकले अर्काैलाई दोषारोपन गर्दै हिडेका छन् । एकले अर्काेलाई एमाले दाङलाई विवादित र बदनाम बनाउन खाजेको , गुण्डाराज सञ्चालन गर्न खोजेको, पार्टी हित विपरित काम गरेको, आफना साथिहरुलाई दुस्मन र दुस्मन संग मित्रता गाँसेको जस्ता दोषारोपन गर्दै आएका छन् ।

मंगलबारको बसेको भनिएको बैठक पार्टी कार्यालय कव्जा गरेर गरिएको अवैध कार्य भएको अध्यक्ष रानाको आरोप छ । पार्टीलाई बचाई राख्न र ठिक तरिकाले अघि बढाउनका लागि मनहोर बुढाथोकीलाई कारवाही र सचिव हुकमवहादुर बस्नेतलाई स्पष्टिकरण सोध्नु परेको उनले दाबी गरे । पार्टी विरोधी गतिविधी गर्दै हिड्ने, समानान्तर तरिकाले गतिविधि गर्ने र कार्यकर्तामा निरासा पैदा गर्नेलाई कारवाही गरिएको कुराले सवैलाई उत्साहित बनाएको दावी जिल्ला अध्यक्ष रानाको छ ।

गत जेठ १७ गतेका दिन बसेको जिल्ला कमिटीको बैठकमा जिल्ला कमिटीमा रहेका पूर्ण सदस्य ६८ मध्य ४६ जनाको सहभागिता रहेको दाबी गरेका उनले कम्युनिष्ट पार्टीमा बहुमतको निर्णय अल्पमतले मान्नुपर्छ असहमति भएमा नोट अफ डिसेन्ट लेख्ने चलन रहेको छ तर त्यता तर्फ नलागेर अवैध तरिकाले गतिविधी गर्दै हिड्न थालेपछि कारवाहीको विकल्प नभएको उनले बताए ।

 यसैबीच एमाले दाङको बैठक जेठको २८ गतेका दिन बस्न थालेको छ । बैठकले जिल्ला अधिवेशनको तयारी लगायतका विषयमा निर्णय गर्नेछ । एमाले दाङका अध्यक्ष जोगवहादुर रानाले पार्टीको बैठकका बारेमा कुनै भ्रममा नपर्न सम्पूर्ण पार्टी सदस्यलाई आग्रह गरिने बताए ।








Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger