Headlines News :
Home » » सल्यान चोरखोलामा यात्रु सवार रुकुम यातायात प्रालिको गाडीमा आक्रमण, चालक घाइते

सल्यान चोरखोलामा यात्रु सवार रुकुम यातायात प्रालिको गाडीमा आक्रमण, चालक घाइते

Written By Unknown on Friday, June 17, 2016 | 10:00 PM


बालबालले यात्रुहरुको ज्यान बच्यो, हामीहरु निर्दोश चालक तथा यात्रुलाइ किन आक्रमणको निशाना बनाइन्छ ?
शँकर के सी/असार ४, सल्यान ।  यात्रु चढेको बसमा गएराती सल्यानमा आक्रमण भएको छ । रुकुम यातायात प्रालिको डिलक्स बसमा दाङ सल्यानको सिमाना धनवाङ ७ चोरखोला सल्यान नजीक अज्ञात समूहले गएराती साडे १० बजेतीरको समयमा ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ ।



ढुंगा प्रहारबाट नेपालगञ्जबाट रुकुमका लागी छुटेको ना ५ ख १८३४ नम्बरको बसका चालक जिवराज विक घाइते भएका हुन् । यात्राको लागी भौगोलिक अवस्थाले जोखिमपूर्ण मानिने तुलसीपुर कपुरकोट सडक खण्डको चोरखोला भन्ने स्थानमा भएको आक्रमणमा उनको टाउकोमा चोट लागेको छ ।

टाउकोमा ५ वटा टाँका लगाएको प्रहरीले जनाएको छ । घाइते भएका चालक विकले गाडीमा सवार यात्रुको ज्यान बालबालले बचाएको प्रकरी चौकी कपुरकोटका इन्चार्ज झक बहादुर कवरले जनाएका छन् ।

अज्ञात समूहले सडक माथीबाट ठूलो ढुंगाले प्रहार गर्दा चालक छेँउमा रहेको झ्यालको एङ्गल समेत फोडेर चालक विकको टाउकोमा लागेको थियो । चालक विकले भने–‘शुरुमा एउटा ठूलो ढुंगा खसाए तर त्यो ढुंगा सडक छेँउतीर गयो, मैले अब गाडीमा तोडफोड गर्छन् भनेर गाडीको गती केहि तिब्र बनाएँ ।’

त्यस पछि फेरि अर्को ढुंगाले आफुलाइ ताकेरै प्रहार भएको र टाउकोमा चोट लागेको उनले जनाए । ‘मलाइ अरु केहि थाहा भएन, एक्कासि टाउकोमा चोट लागे पछि झनन्न भयो, एउटा मोडबाट झण्डै गाडी खस्ने थियो, म होसमा आउन सफल भएँ र मेरो लगाएत सबै यात्रुको ज्यान बच्यो, यसमा भगवानले पनि ठूलो साथ दिएको जस्तो मलाइ लागेको छ ।’

आफु काम गरेर खाने मजदुर भएको भन्दै चालक विकले यातायात व्यवशायीविचको विवादले घटना घटेको हुन सक्ने भन्दै हामीहरु निर्दोश चालक तथा यायुहरुलाइ किन आक्रमणको निशाना बनाइन्छ भनेर प्रश्न गरे ।

ढुंगाले टाउकोमा चोट लागेर रगताम्य भएका चालकले सम्हालिएर गाडीलाइ नियन्त्रणमा लिन सफल भएको बसमा सवार यात्रु रुकुम पेउघाका नरेन्द्र ओलिले जनाए । यात्रुहरुले आफ्नो ज्यानको परवाह नगरेर आफुहरुलाइ बचाएको भन्दै चालक विकलाइ धेरै धेरै धन्यवाद दिएका छन् ।

‘ढुंगाले लागेर रगताम्य भएका चालकले थोरै संयमता नअपनाएको भए बस छाँगा तल खस्ने थिया, यात्रु नरेन्द्रले भने – ‘लिक बाहिर गएको गाडीलाइ पनि उनले नियनत्रण गर्न सफल भए र आज हामी बाँच्यौँ ।’

यात्रुहरुले आक्रमण गर्नेलाइ कुनै पनि हालतमा पत्ता लगाएर कडा कारवाहि गर्न माग गरेका छन् । यस अघि पनि सोहि गाडीमाथी दाङ शितलपुरमा तोडफोड भएको थियो । प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको र तोडफोडमा संलग्न भएकाहरुको खोजि कार्य तीब्र पारिएको जनाएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger