Headlines News :
Home » » तुलसीपुरको सडकमा नगरविकासले लगानी गर्ने

तुलसीपुरको सडकमा नगरविकासले लगानी गर्ने

Written By Unknown on Monday, June 20, 2016 | 5:09 AM


तुलसीपुर, ६-असार । तुलसीपुर क्षेत्रको सडकको स्तरोन्नतीका लागि नगर विकास कोषले लगानी गर्ने भएको छ । तुलसीपुर नगरपालिका भित्रको दुईवटा सडकको स्तरउन्नतीका लागि नगरविकास कोषले चासो देखाएपछि सडक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



नगरपालिकाको नियमित तथा केन्द्रमा माग गरेको वजेट वाहेक पनि चालु आर्थिक बर्षमै कम्तिमा एक करोड रुपैया नगर विकाश कोषको सहयोगमा दुइ वटा महत्वाकांक्षी शाखा सडकहरुको स्तरोन्नती हुने भएको छ । त्यसका लागि नगरपालिकाले यसै साता नगर विकाश कोषमा आवस्यक प्रक्रिया पुरागर्ने तयारी गरेको छ ।

नगर विकाश कोषमा रहेको नगर सडक सुधार कार्यक्रमको बजेट ल्याउन स्थानीय सांसद डिल्लीवहादुर चौधरीको पहलमा ती दुई सडक स्तरोन्नतीका लागि बजेट विनियोजनको प्रक्रिया सुरु भएको तुलसीपुर नगरपालिकाका इन्जिनियर पवन योगीले बताए ।

कागजी प्रक्रिया सकिएपछि यसै आर्थिक बर्षको असोज महिनादेखि कालोपत्रे समेत सुरु हुने नगरपालिकाले जनाएको छ । पहिलो चरणमा सो बजेटबाट तुलसीपुरमा रहेको हेमराज मार्ग र डुम्रिगाउं सडकको स्तरोन्नती हुने छ । कम्तिमा ९ मिटर कालोपत्रे गर्नेगरी दुवै स्थानका सडकहरुको स्तरोन्नती चालु आर्थिक बर्षमै संपन्न हुने नगरपालिकाका इन्जिनियर योगीले बताए ।

नगर विकाश कोषमा यस्ता धेरै कार्यक्रमहरु भएपनि जनप्रतिनिधिहरुको अभावमा ती योजना र कार्यक्रमहरुको समन्वय हुन सकेको छैन । यसले काम नभएरै मुलुकको अरबौं रुपैया विकाश बजेट बर्षेनी फ्रिज हुंदै आएको छ । तुलसीपुर नगरपालिकाले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षमा हेमराज मार्गको करीव ५ सय ६० मिटर रहेको छ ।

हेमराज मार्गले टरीगाउं विमानस्थलदेखि पुर्वि क्षेत्रको भुसंरक्षण कार्यालय र राप्ती विद्या मन्दीर जोडने सडकको स्तरउन्नती गरिने छ । त्यसैगरी विष्णु चलचित्र मन्दीरको पश्चिम तर्फ शिखर कोलोनी हुंदै कैलास नगर टोल सम्म जोड्ने करीव ३ सय मिटर सडक स्तरोन्नती हुने भएको छ । आयोजना संझौता हुनासाथ निर्माण कार्य सुरु हुने नगरपालिकाले जनाएको छ ।

संभवतः यही महिनाभित्र नगर विकास कोषसंग अन्तिम संझौता हुने पनि नगरपालिकाले जनाएको छ । एउटा सडकका लागि नगर विकास कोषको ३६ लाख अनुदान, १८ लाख ऋण तथा त्यसमा १० प्रतिसत लगानी नगरपालिकाले गर्ने प्राव्धान रहेको छ । सवै व्यावस्थापकिय खर्च कटाएर कम्तिमा ३६ लाख रुपैया बरावरको बजेट एउटा सडकको स्तरोन्नतीमा खर्च हुने नगरपालिकाले जनाएको छ । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger