|
|
जिल्लाकै सबैभन्दा ठूलो कपुरकोटको तरकारि बजारबाट आज मात्रै २१ लाख बढिको तरकारि जिल्ला वाहिर गएको हो । कृषि उपज बजार केन्द्रका अनुसार शुक्रबार ७ सय ६२ क्विन्टल तरकारि व्यापारिहरुले खरिद गरेर लगेका छन् भने यसबाट २१ लाख ७६ हजार २ सय ५० रुपैया जिल्ला भित्रीएको छ ।
किसानको खेतबारिमा वेमौषमी तरकारिहरु विक्रिका लागी तयार भएपछि यो सिजनमा अहिले सम्म चलेका ५ वटा तरकारि बजार मध्ये आज सबैभन्दा बढि तरकारि निकासि भएको बजार प्रतीनिधी कृष्ण बुढाथोकीले जनाए । हरेक साताको मंगलबार र शुक्रबार कपुरकोटमा तरकारि बजार लाग्ने गर्दछ ।
यस्तो छ आजको तरकारि भाउ
१- भेडे खुर्सानी प्रतीकिलो ५० देखि ६० रुपैयासम्म
२- पिरो खुर्सानी ४० देखि ५० रुपैयासम्म
३- टमाटर ३० देखि ४८ रुपैयासम्म
४- बन्दा १६ देखि २० रुपैयासम्म
५- काउली १६ देखि २० रुपैयासम्म
६- सिमी २५ देखि ३० रुपैयासम्म
७- गाजर ६० देखि ७५ रुपैयासम्म
८- काँक्रा २० देखि २५ रुपैयासम्म
Post a Comment