Headlines News :
Home » » काबुलमा मारिएका श्रीमानको शव दुई श्रीमतीद्धारा तानातान

काबुलमा मारिएका श्रीमानको शव दुई श्रीमतीद्धारा तानातान

Written By Unknown on Friday, June 24, 2016 | 10:45 PM


असार ११, रुपन्देही । फरक फरक संस्कार अँगालेका एउटै श्रीमानका दुई श्रीमतीले आ–आफ्नै सस्कार अनुसार पतिको अन्त्यष्टि गरेका छन् ।

पहिले शव कसले दाहासंस्कार गर्ने भन्नेमा समेत विवाद उत्पन्न भएपछि अन्ततः दुई श्रीमती मिलेर भिन्न संस्कारसहित अन्त्यष्टि गरेका छन् ।

तस्बिरमा जेठी र कान्छी (बच्चासहित)
काबुल आक्रमणमा १३ नेपालीसँगै मारिएका बुटवलका जितेन्द्रसिंह थापाका दुई श्रीमतिले यस्तो गरेका हुन् । श्रीमान मारिएको खबर सुने लगत्तै शोकसँगै फरक समस्यामा जुधेका दुई श्रीमतीले दुःखका बेला अनौठो सुखद सन्देश दिएका छन् ।

लामो तनाव र अन्यौलपछि बिहीबार फरक, दृश्य देखियो । हिन्दू परम्पराकी कान्छी श्रीमती संजीता लामाले बुटवलस्थित देविनगर घरमा शव उठाउनुअघि हिन्दू परम्परा अनुसार शवमा अर्घ दिइन् । थापाकी इसाई परम्पराकी जेठी श्रीमती गौतमी थापाले बुटवलको जरंगे जङ्गलस्थित इसाई दाहसंस्कार स्थलमा पास्टरहरुको उपस्थितिमा इसाई पाठका साथ शवलाई माटोमा पुरिन् । -गोरखापत्र दैनिक


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger