Headlines News :
Home » » दाङबाट साढे १२ सय द्धन्द्ध-पिडितद्धारा न्यायका लागि उजुरी दर्ता

दाङबाट साढे १२ सय द्धन्द्ध-पिडितद्धारा न्यायका लागि उजुरी दर्ता

Written By Unknown on Thursday, June 30, 2016 | 6:25 AM


असार १६, दाङ । दाङमा सशस्त्र द्वन्द्वका क्रममा पिडित भएकाहरुको अहिले सम्म झण्डै साढे १२ सय उजुरीहरु दर्ता भएको छ ।



स्थानिय शान्ति समितिको कार्यालयबाट जारी उजुरी संकलनमा अहिले सम्म सत्य निरुपण तथा मेलमिलाप आयोग तर्फ एक हजार १ सय २७ र वेपत्ता छानविन आयोग तर्फ १ सय १८ वटा निबेदन दर्ता भएको हो ।

द्धन्द्धका क्रममा जघन्य मानव अधिकार उल्लंघनका घटनामा परेका पिडितहरुलाई न्याय दिने उदेश्यले सरकारले दुई ओटा आयोग गठन गरेर सत्यको निरुपण र मेलमिलापको बाताबरण सृजना गर्ने योजना बनाएको छ ।

यस्तै केही पिडितहरुले निबेदनहरु घरमा समेत लगेर गएको र उजुरी दिने क्रम जारी रहेको समितिका कार्यालय सचिब हेमराज अधिकारीले बताए । बेपत्ता, घाईते, अपांग, विस्थापित, सम्पती क्षति, अपहरण, हत्या र बलात्कार सम्बन्धी उजुरी दर्ता हुने क्रम यही असार अन्तिम सम्मको म्याद तोकीएको छ ।

आयोगले २०५२ साल फागुन १ देखि २०६३ मंसिर १ गतेसम्म भएको शसस्त्र द्वन्द्वको समयमा भएका जघन्य मानब अधिकार उलंघनका घटनाको उजुरी लिदै आएको छ । स्थानिय शान्ति समिति दाङको तथ्यांक अनुसार जिल्लामा १ सय ३९ जना बेपत्ता छन् ।

यसैगरी ६ सय १९ जनाको मृत्यु, ८ सय २७ को अपहरण, ५ सय ८६ घाइते अपांग र ९ सय ६९ विस्थापित भएका छन् । यस्तै ९ सय ४६ को सम्पत्ति क्षति, ७ जना टुहुरा, १ सय ९१ कैद हिरासत र २ जनाको सम्पत्ति कब्जामा रहेको समितिमा तथ्यांक रहेको छ ।निमुसंगम घर्ती, तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger