Headlines News :
Home » » खहरेमा पहिरो खस्दा भालुबाङ-प्युठान सड्कखण्ड अवरुद्ध

खहरेमा पहिरो खस्दा भालुबाङ-प्युठान सड्कखण्ड अवरुद्ध

Written By Unknown on Friday, July 1, 2016 | 5:37 AM


सलिम अन्सारी/असार १७, प्युठान । गएरातिबाट परेको अबिरल वर्षासँगै सडकमाथिबाट पहिरो झर्दा भालुबाङ-प्युठान सड्क खण्ड अवरुद्ध भएको छ ।

फाइल तस्बिर
बड्डाडा चकचके सडकखण्ड अन्तर्गत प्युठानको तिराम ५ खहरेखोलामा सडक माथिबाट झरेको पहिरोले मोटरबाटो पुरेको अस्थाई प्रहरी चौकी बड्डाडांले जनाएको छ । सडक अबरुद्ध भए पछि आज अपरान्ह साढे ३ बजेबाट सवारीसाधनहरु ओहोर दोहोर गर्न समस्या भएको छ । दर्जनौ सवारी साधनहरु बीचबाटोमा रोकिदा यात्रुहरुले सास्ती भोग्नु परेको छ ।

उक्त सड्कखण्ड्मा  दिनहु पानी पानीपरेर सडक अबरुद्ध हुने गरेको सवारी चालकहरुले बताएका छन ।सडक पन्छाउन सड्कबिभागको जेसिबी बोलाइएको  अस्थाइ प्रहरी चौकी बड्डाडाका इन्चार्ज नवराज शाहिले जानकारी दिनुभयो । अबरुद्ध बाटो खुलाउन २/३ घण्टा समय लाग्ने उहाको भनाइ छ। निरन्तर पानी परेकोले पहिरो झर्ने क्रम जारी रहेको बताइएको छ । -साझासबालबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger