Headlines News :
Home » » सल्यान देशकै ३७ औ खुल्ला दिसामुक्त क्षेत्र बन्यो

सल्यान देशकै ३७ औ खुल्ला दिसामुक्त क्षेत्र बन्यो

Written By Unknown on Friday, July 1, 2016 | 5:21 AM


असार १७, सल्यान । सल्यान देशकै ३७ औं खुल्ला दिसामुक्त क्षेत्र भएको छ ।

सल्यान खलंगामा भएको कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री प्रेम बहादुर सिंहले कार्यक्रमको उद्घाटन गरेका छन । जिल्ला सरसफाई स्वच्छता समन्वय समितिको आयोजनामा टुडिखेलमा भैरहेको कार्यक्रममा विभिन्न व्यक्तिहरुले शुभकामना मन्तव्य दिइरहेका छन ।



कार्यक्रममा जिल्लामा क्रियाशिल गैरसरकारी कार्यालयका प्रतिनिधि, पत्रकार महासंघ, महिला संगठनहरु, लगायत खुल्ला दिसामुक्त बनाउने अभियानमा क्रियाशिल संघसंस्थाले कुराकानी राखेका छन ।

जिल्ला सरसफाई स्वच्छता समन्वय समितिका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतमा भएको कार्यक्रमको विधिवत संचालन पत्रकार महासंघ सल्यानका कोषाध्यक्ष पवन कुमारले गरेका छन भने कार्यक्रममा सहयोगीको रुपमा संचारकर्मी शंकर केसी र सपना कवरले साथ दिएका छन ।

कार्यक्रममा विप्लव नेतृत्वको नेकपा माओवादीका जिल्ला सदस्य घनश्याम सुनार, नेकपाका अध्यक्ष महेश देवकोटा, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष खड्क बहादुर पुन, राष्ट्रिय जनमोर्चाका झक्कु शर्मा, नेकपा मालेका सचिव बल बहादुर गिरी, राप्रपा का सचिव दुर्गा बहादुर सिंह रावत, राप्रपा नेपालका अध्यक्ष मनोज सिंह, नेकपा माओवादी केन्द्रका संयोजक कर्ण बहादुर बुढाथोकीले मन्तव्य राखिसकेका छन ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी तथा जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका सल्लाहकार दुर्गादत्त पौडेलले जिल्लामा पानीको समस्या देखापरेकोले त्यसको समाधानका लागि पहल गरिदिन मन्त्रालयका मन्त्री तथा सचिवलाई अनुरोध गरेका छन ।

कार्यक्रममा सल्यानका दुवै सभाषदहरुको सहभागिता रहेको छ । कार्यक्रममा बोल्नेहरुले मन्त्री र सभाषदहरुसंग सल्यानका विभिन्न स्थानमा सार्वजनीक शौचालयको माग गरेका छन । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहेको छ ।  सल्यानका ४६ हजार ३ सय ४२ घरधुरीमा शौचालय निर्माण भएपछि खुल्ला दिसामुक्त घोषणा गरिएको हो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger