|
|
कृषि सडकअन्तर्गत ५० लाखको लागतमा ६ सय मिटर सडक कालोपत्रे भएको नगरपालिकाले जनाएको छ । लागत सहभागितामा सञ्चालन भएका योजनाहरु अन्तर्गत नगरपालिकाको ३५ लाख र स्थानीयहरुको १५ लाख लागतमा उक्त सडक कालोपत्रे गरिएको समाचार गोरक्ष दैनिकले छापेको छ ।
त्यस्तै तुलसीपुर–८ शान्तिदिप बोर्डिङ हुँदै टिकरी जोड्ने बाटो पनि यसै वर्ष कालो पत्रे गरिएको छ । स्थानीय र नगरपालिकाको ५० लाख लागतमा ७ सय मिटर बाटो कालोपत्रे गरिएको जनाइएको छ ।
त्यस्तै वडानम्वर ६ को कैलाश टोलमा पनि सडक कालोपत्रे गरिएको छ । योसँगै नगरपालिकाले विभिन्न स्थानमा सडक कालोपत्रे गरेको छ । जसका लागि ३ करोड खर्च गरेको नगरपालिकाले जनाएको छ ।
Post a Comment