Headlines News :
Home » » दाङको ग्वारखोलाले टुट्वान्टी मोटरसाईकल बगायो, तुलसीपुर घोराही सडक खण्ड अवरुद्ध

दाङको ग्वारखोलाले टुट्वान्टी मोटरसाईकल बगायो, तुलसीपुर घोराही सडक खण्ड अवरुद्ध

Written By Unknown on Monday, July 25, 2016 | 10:53 PM


साउन ११, दाङ । अविरल वर्षापछि स्थानीय खोलाहरुमा आएको बाढीका कारण तुलसीपुर घोराही सडक खण्ड अवरुद्ध भएको छ ।



उक्त सडक खण्ड अन्तरगत तुलसीपुरको ग्वारखोला लगायत आधा दर्जन खोलाहरुमा बाढी आएपछि यातायात ठप्प बनेको छ ।

वाढीका कारण बाहीरी जिल्ला जाने सवारी सधानहरु बैकल्पिक मार्ग तुलसीपुर अमेलीया सडक खण्डवाट गणतन्व्य तर्फ प्रस्थान गरेका छन् । यसैवीच ग्वारखोलामा आएको बाढीले एउटा टुट्वान्टी पल्सर मोटरसाईकल बगाएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी कृष्ण प्रसाँईका अनुसार रा ३ प ४६२५ नम्वरको मोटरसाईकल ग्वारखोलाको बाढीले बगाएको हो ।

घोराही वाट तुलसीपुर तर्फ आउँदै गरेको उक्त मोटरसाईकल मंगलवार विहान पौने सातवजे तिर बगाएको थियो । यो खबर तयार पार्दा सम्म बगाएको उक्त मोटरसाईकल कतै फेलापार्न सकिएको छैन । -तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger