Headlines News :
Home » » रुकुममा एक व्यक्ति मृत अवस्थामा फेला

रुकुममा एक व्यक्ति मृत अवस्थामा फेला

Written By Unknown on Tuesday, July 26, 2016 | 5:27 AM


गणेश सिर्पाली/ साउन ११, रुकुम  । रुकुमको चौरजहारी नगरपालिकामा एक व्यक्ति मृतअवस्थामा फेला परेका छन । चौरजहारी नगरपालिका ६ का ३५ वर्षिय नर वहादुर नेपाली मृतअवस्थामा फेला परेका हुन ।



आईतवार वेलुका मेलैनाउली नजिक रहेको सउरीखोलाको खेतमा नेपालीलाई स्थानियले मृतअवस्थामा फेला पारेका थिए । लगत्तै प्रहरी लाई खवर गरेपछि ईलाका प्रहरी कार्यालय चौरजहारीको टोली घटना स्थलमा पुगेर मृतकको शव सनाखत गरेको थियो ।

मृतकको टाउको घुडा र अण्डकोषमा चोटलागेको प्रहरीले वताएको छ । घटना स्थल नजिकै भिरभएकोले लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले आंशंका गरेको छ । यद्यपि घटनाको वारेमा भने थप अनुसन्धान अगाडी बढाईएको प्रहरी सहायक निरिक्षक हिरा वहादुर खत्रीले जानकारी दिए ।

श्रीमान र श्रीमति विच सामान्य झगडा पछि एका विहानै घर वाट निस्केको मृतककी श्रीमतिले प्रहरी लाई जानकारी दिएको वताईएको छ । गएको एक वर्ष अघि खरले छाएको छाप्रोमा आगलागी हुदा मृतक नेपालीका २ वालवालिकाको जलेर मृत्युभएको थियो ।

जाजरकोट जिल्ला भेरीमालिका नगरपालिकामा स्थायी ठेगाना भएका नेपाली विगत लामो समय देखि चौरजहारी नगरपालिकामा वसोवास गर्दै आएका थिए । मृतक नेपालीको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल जाजरकोट लगीएको छ  ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger