|
|
साउन ६,दाङ । तुलसीपुरको एक होटेलमा प्रहरीले छापा मारेर चारजना महिलालाई पक्राउ गरेको छ । उक्त होटेलमा यौनजन्य गतिविधि हुँदै आएको भन्ने जनगुनासोका आधारमा छापा मारको प्रहरीले जानकारी दिएको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले बुधवार दिउँसो तुलसीपुरको सिटी स्टार होटेलवाट होटल सञ्चालीका सहित थप तीन वटी युवतीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । सिंहले उक्त होटेलमा वेश्वावृती हुँदै आएको भन्ने व्यापक जनगुनासो आएपछि छापा मारिएको जानकारी दिए ।
तुलसीपुरको सिटि स्टार होटलकी सञ्चालक सहित थप तीन जना युवतीहरुलाई नियणत्रणमा लिएको र उनीहरुमाथि कानुनी कारवाहीको प्रक्रिया सुरु गरिने ईप्रका तुलसीपुरका प्रमुख एवं डिएसपी कृष्णा प्रसाँईले जानकारी दिए ।
प्रहरीले दिउँसै होटेलमा छापामारी होटेल सञ्चालिका सहित तीन युवती पक्राउ गरेपछि मानिसहरुको त्यहाँ बाक्लो भिड लागेको थियो । स्रोत: तुलसीपुर अनलाइन
Post a Comment