Headlines News :
Home » » सल्यानमा बोक्सी भगाउने भन्दै एक महिलालाई दिशा खुवाइयो

सल्यानमा बोक्सी भगाउने भन्दै एक महिलालाई दिशा खुवाइयो

Written By Unknown on Wednesday, July 20, 2016 | 6:09 AM


साउन ५, सल्यान । सल्यान कुपिण्डे ४ ज्यामिरेमा बोक्सी र भुत भगाउने भन्दै एक महिलालाई दिशा खुवाइएको छ ।


कुपिण्डे गाउँ विकास समिति वडा ५ अधेरीकी २० वर्षिया सेती परियारलाई क्रिश्चियन धर्मका पावल डल्लु सुनारले सिस्नोपानीले मरणासन्नहुने गरी यातना दिई दिशा खुवाएका हुन् ।पेट दुखेको छ भन्दै चर्चमा पुगीलाई परियारलाई पावल सुनारले बोक्सी र भुत लागेको र बोक्सी र भुत भगाउन सिस्नोले हार्नु पर्छ भन्दै यातना दिएको र अन्तिममा दिशा खुवाएको स्थानीय विष्णु नेपालीले जानकारी दिनुभयो ।

आफुसँग उक्त घटनाको मोवाइलमा रेकर्ड समेत रहेको उहाँले बताउनुभयो । गत जेष्ठ २३ गते उक्त घटना घटेको भएपनि पिडित परियारको अवस्था नाजुक बन्दै गएपछि आज साउन ५ गते बुधमात्र मात्रै घटना सार्वजनिक भएको हो । शारिरिक यातना र दिशा खुवाएपछि पिडित परियारको मानसिक सन्तुलन विग्रिएको बुवा शितल परियारले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो छोरी पेट दुख्यो भनेर चर्चमा गइछ, पावलले तलाई भुत लागेको छ भनेर सिस्नो पानी र दिशा खुवाए छ त्यसपछि छोरी अर्ध वेहोस भएकी छ , मानसिक सन्तुलन पनि ठिक छैन् । चर्चमा सहभागिहरुले परियारलाई यातना नदिन आग्रह गरेपनि पावलले धम्की दिएको र घटना सार्वजनिक गरे परियारलाई झै यातना दिने धम्की दिएको पिडितका ससुरा बिजुली परियारले बताउनुभयो ।

क्रिचियन धर्ममा आस्था राख्ने भएकाले भगवानले ठिक पार्नु हुन्छ की भन्ने लागेर पहिले कोही बोलिएन तर बुहारीको अवस्था दिनदिनै विग्रिदै गएको सासु गंगा परियारले बताउनुभयो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger