|
|
विभागले दाङको सदरमुकाम जोड्ने सडकमा पक्की पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखेको सडक डिभिजन कार्यालय दाङका लेखा अधिकृत जयन्द्र पौडेलले जानकारी दिनुभयो ।
दाङ र सल्यानमा क्रमागत रुपमा १२ वटा पुल निर्माण भइरहेको भन्दै उहाँले थप सातवटा पुलको टेण्डर प्रक्रिया अगाडि बढेको बताउनुभयो ।
उहाँका अनुसार पथप गरिएका पुलमध्ये कालाखोला, हापुर–कोठरी, हापुर–नैनवार र हेकुलीको माया खोला पुल रहेका छन् ।
त्यस्तै सल्यानका जलुके खोला, नेथे खोला, र घट्टेखोलामा पुल निर्माणको टेण्डर प्रक्रिया अडाडि बढाइएको छ । समाचार नयाँ युगबोध दैनिकमा छापिएको छ । स्रोत: दाङखबर
Post a Comment