Headlines News :
Home » » नेपालमै पहिलो पटक रुकुमको भेरी नदी किनारमा जलेवाले बच्चा कोरल्यो

नेपालमै पहिलो पटक रुकुमको भेरी नदी किनारमा जलेवाले बच्चा कोरल्यो

Written By Unknown on Saturday, July 2, 2016 | 1:50 AM


तुल्सीराम वली/असार १८, दाङ । चिसो मौसममा बसाईसरी आउने हिउदे आगन्तुक चरा जलेवाको पहिलो गुँड तथा प्रजन्न नेपालमा पत्ता लागेको संरक्षण कर्मीहरुले वताएका छन ।



हिउँद यामको सुरुवात सँगै बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाँड र तराईका विभिन्न ताल, तलैया र ठुला नदीहरुमा बसाई सरी आउने यस चराको प्रजन्न नेपालमा पहिलोपटक जाजरकोटको रग्दा र रुकुम जिल्लाकोे भेरी नदी किनारमा फेला परेको संरक्षण कर्मीले वताएका छन ।

नेपाल पन्छी संरक्षण संघ र जिल्ला पशुसेवा कार्यालय जाजरकोटका पशुस्वास्थ्य प्राविधिक गोबिन्द बहादुर सिंहको टोलीले जाजरकोटको उक्तरी बारेकोट क्षेत्रमा दुर्लभ गिद्ध र चिरकालीजको बासस्थान अनुगमनका क्रममा जलेवाको बासस्थान फेला पारेको वताईको छ ।

समुन्द्र सतहबाट करीव १२५० मिटरमा अवस्थित उक्त स्थानमा जलेवाका आँठ ओटा गुँड भेटीएको अनुसन्धानमा संगलग्न सिंहले बताए । नेपालमा भदौ मध्य देखी चैत सम्ममा देखीने हिउदे आगन्तुकको रुपमा चिनीएको यस पक्षीले नेपालमा संभवत पहिलो पटक गुँड बनाई चल्ला कोरलेकोे नेपाल पन्छी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत डा. नरेन्द्रमान बाबु प्रधानले बताए ।

खाँसगरी उत्तरी धुर्वमा हिमपातको सुरुवातसँगै अनकुल मौसम, सुरक्षित बासस्थान र चरनको खोजिमा नेपाल आउने जलेवाले उक्त क्षेत्रमा भने गुँड बनाई बच्चा कोरलीरहेको छ । उत्तरी मुलुकहरु रुस, चीन, मङ्गोलीयाका साथै युरोप, कोरीया तथा तिब्बती क्षेत्रहरुबाट नेपालमा आउने जलेवा ताल र ठुला नदीहरुमा बस्ने विज्ञहरुले वताएका छन ।

जाजरकोटको उत्तरी बारेकोट क्षेत्रमा लोपोन्मुख गिद्ध, विश्वमै दुर्लभ र नेपालको वन्यजन्तु ऐनद्धारा संरक्षित पक्षी चीर कालीज, डाँफे, मुनाल लगायतका बिश्वमै दुर्लभ चराहरुको बासस्थान भएकोले बर्डलाईफ इन्टरनेशनलको मापदण्ड अनुसार चरा र जैवीक विविधताकालागि महत्वपुर्ण क्षेत्र घोषण गर्न लागिएको नेपाल पन्छी संरक्षण संघले वताएको छ ।

जाजरकोट नेपालको मध्य पहाडमा गँुड बनाई बस्ने चार प्रजातीका गिद्ध मध्ये चारै प्रजातीका सुन, सेतो, हिमाली र हाडफोर गिद्धको बासस्थान भएको अनुसन्धानमा संग्लग्न नेपाल पन्छी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्ण भुसालले जानकारी दिए ।

माछाहरुलाई प्रमुख आहार बनाउने जलेवा करीव ८० देखी १०० से.मी सम्मको हुन्छ । बढी कालो र खैरो हुने यो चराले समुहमा गुँड बनाउने गर्दछन । विश्वमा पाईने ३३ प्रजातीका जलेवा मध्ये नेपालमा तिन प्रजातीका जलेवा पाईन्छन । नेपालमा हालै यस चराले चल्ला कोरलेको पत्ता लाग्नुले पनि नेपालमा भौगोली विकटताका र बासस्थानमा रहेको बिविधिकरणका कारण चराहरु सम्बन्धी अझै धेरै तथ्यहरु पत्ता लाग्न नसकेको झल्काउछ । -तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger