|
|
|
|
![]() |
| फाइल तस्बिर |
एडीबी र सरकारको १८ लाख ८९ हजार ९२ रुपैयाँ अनुदान एवम् स्थानीयको १ लाख ७५ हजार रुपैयाँको श्रमदानबाट निर्मित उक्त सिँचाइ उपआयोजनाको गत पुसदेखि निर्माण कार्य शुरू भएको हो । आयोजनाबाट २६ घरधुरी लाभान्वित भएका छन् भने १४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको झलापा पण्टिबाङ सिँचाइ उपआयोजनाका अध्यक्ष लालबहादुर घर्तीले जानकारी दिए ।
नुवागाउँ–५ मा निर्माण गरिएको मसखोला सिँचाइ उपआयोजनालाई पनि एक कार्यक्रमबीच बिहीवार कृषक उपभोक्तालाई हस्तान्तरण गरिएको छ । एडीबी र सरकारको १७ लाख ४५ हजार रुपैयाँ अनुदान एवम् स्थानीयको १ लाख ३० हजार रुपैयाँको श्रमदानबाट निर्मित उक्त सिँचाइ आयोजनालाई जिल्लाका प्रमुख इञ्जिनीयर केदार शर्माले देउराली जल उपभोक्ता कृषक समूहलाई हस्तान्तरण गरेका हुन् ।
समूहका अध्यक्ष मानध्वज पुनलाई हस्तान्तरणपत्र दिएर आयोजनालाई उपभोक्ताको जिम्मा लगाइएको हो । उक्त सिँचाइ आयोजनाबाट ४२ घरधुरी लाभान्वित भएका छन् भने १० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ ।
सिँचाइ पुगेपछि कृषकले बेमौसमी तरकारी उत्पादन गरी मनग्गे आम्दानी गर्न सकिने भन्दै खुशी व्यक्त गरेका छन् । यसअघि केही परिमाणमा मात्र तरकारी खेती गर्ने गरिएको थियो । अबदेखि भने व्यावसायिक रूपमै यसको खेती गरी आफ्नो गाउँलाई तरकारीमा नमूना बनाउने नुवागाउँ–५ की युवा कृषक लक्ष्मी पुनले बताइन् । ‘हामी तरकारी खेती गरेको हेर्न बाहिरी जिल्लाको भ्रमणमा जान्छौं,’ उनले भनिन्, ‘अब भने हामीले आफ्नो गाउँलाई तरकारी खेतीमा नमूना बनाएर बाहिरबाट भ्रमण गर्न आउने वातावरण बनाउँछौं ।’अभियान अनलाइनबाट

Post a Comment