|
|
|
|
घोराही नगरपालिका १० सगरमाथा टोलमा इन्द्रध्वज पुरीले आफ्नै घरमा जुवा खेलाईरहेको अबस्थामा फेला पारेपछि पुरी सहित ५ जनालाई नगद सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले नगद १७ हजार ३ सय ४० रुपैयाँ सहित घोराही १० का रमेशकुमार बस्नेत, मोतीराम बुढा, प्रेमलाल बुढा, सुजन थापा र घरधनी पुरीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
६ गड्डी तास पनि उनिहरुको साथबाट बरामबद गरेको र उनिहरुलाई जुवा मुद्धामा आबस्यक कार्वाही थालेको दाङका प्रहरी प्रबक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिए ।

Post a Comment