Headlines News :
Home » » दाङको पातुखोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु

दाङको पातुखोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु

Written By Unknown on Monday, August 1, 2016 | 2:40 AM


बसन्त परियार/साउन १७, दाङ । पातुखोलाको बाढीले बगाउँदा एक जना व्यक्तिको मृत्यु भएको छ । मृतक तुलसीपुर १३ कपडादेबी निवासी ३३ बर्षीय धर्मु चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी कृष्ण प्रसाँईले जानकारी दिए ।



चौधरी आफन्त कहाँवाट घरतर्फ फर्कदै गर्दा आइतवार राति नै बगेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तुलसीपुर नगरपालिका वडा नम्बर ९ अमृतनगर टोलको पुर्वमा चौधरीको शव सोमवार विहान फेला परेको हो । यद्यपी कपडादेवी निवासी चौधरीका छिमेकीहरुले भने उनी अत्यधिक मदिरा प्रेमी भएकोले मातेको अवस्थामा खोलामा पस्दा बगेको हुन सक्ने जानकारी दिएका छन् ।

पातुखोला पुलको झन्डै तीनसय मिटर उत्तर तर्फ खोला किनारमा उनको शब फेला परको हो । चौधरीको शव पोष्टमार्टमका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा लगिएको छ । तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger