|
|
बालक हत्याको अभियोगमा प्रहरीले इरिबाङ गाविस–१ ओगाउँका २५ वर्षीया बिमला पुनमगर र सोही ठाउँका २१ वर्षका गोविन्द पुनमगरलाइ पक्राउ गरेको छ । उनीहरुले एक १४ वर्षीय बालकको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
साउन १० गते बालक भरत पुनमगरले आत्महत्या गरेको भनी स्थानीयले प्रहरी चौकी ओबाङलाई खबर गरेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो । प्रहरीले अनुसन्धान गर्दा बिमला र गोविन्दबीचको अनैतिक सम्बन्धको बारेमा खुलासा हुने डरले हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर केशवबहादुर बस्नेतले जानकारी दिनुभयो ।
बालकले आत्महत्या गरेको भनिएपनि आरोपितहरुले बालकको घाँटीमा डोरी कसी घाँटी थिचेर हत्या गरेको खुल्न आएको प्रहरीले बताएको छ । ओरोपित बिमला बालकका सौतेनी आमा हुन् ।
बालकमार्फत उनीहरुबीचको सम्बन्ध बाहिर आउने देखिएपछि हत्या गरिएको अभियुक्तहरुले प्रहरीसमक्ष बयान दिएका छन् । बालकका बुबा वीर सिंह भने वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन् ।
Post a Comment