Headlines News :
Home » » रोल्पामा १ नगर र ६ गाउँपालिका, (हेर्नुहोस कुन गाविस कहाँ पर्यो ?)

रोल्पामा १ नगर र ६ गाउँपालिका, (हेर्नुहोस कुन गाविस कहाँ पर्यो ?)

Written By Unknown on Saturday, July 30, 2016 | 6:11 AM


माधवकुमार ओली/साउन १४, रोल्पा । स्थानीय तह पुन:संरचना प्राविधिक सहयोग समितिले रोल्पा जिल्लाको प्रस्तावित गाउँपालिका र नगरपालिकाको प्रारम्भिक खाका सार्वजनिक गरेको छ ।

स्थानीय निकाय पुनःसंरचना बनाउँदा रोल्पा जिल्लामा बनाउन सकिने गाउँ पालिका तथा नगरपालिकाहरुको बारेमा खाका सार्वजनिक गरिएको हो । प्रस्तावित उक्त खाकामा रोल्पा जिल्लामा १ नगरपालिका सहित ६ वटा गाउपालिका राखिएको छ ।

प्रस्तावित खाकामा लिबाङ नगरपालिका सहित सुलिचौर, जैमाकसला, कुरेली, घर्तीगाउँ, गैरिगाउँ र होलेरीलाई केन्द्रविन्दु मानेर ६ वटा गाउँपालिका रहेका छन् । उक्त खाकामाथि शुक्रवार जिल्लाका राजनीतिक दलहरुसँग छलफल गर्दा दलहरुले गाउपालिकाको संख्या बढाउनुपर्ने सुझाव आएको बताइएको छ ।

उक्त प्रस्तावित खाकाको बारेमा शनिवार जिल्लाका सञ्चारकर्मीहरुसँग छलफल गरिएको छ । योसँगै जिल्लामा कस्तो स्थानीय निकायको संरचना बनाउने भन्ने बारेमा बहस सुरु भएको छ । तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger