|
|
असार ३१ गते सम्म व्यवसायीहरुवाट आवेदन संकलन गरिने उक्त समितिले जनाएको छ । यात्रुको चाहना र सुविधालाई मध्यनजर गर्दै समय अनुकुलको सेवाका लागि डिलक्स बसहरु सञ्चालन तयारी गरिरहेको समितिका अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिएका हुन ।
उनले जिल्लाका विभिन्न रुटहरुबाट काठमान्डौंका लागि डिलक्स वसहरु सञ्चालन गरिने उनले बताए । तर वस भित्र्याउन र सञ्चालन गर्न साउनको अन्त्य वा भदौ सम्म समय लाग्न सक्ने अध्यक्ष बुढाथोकीले संभावना व्यक्त गरे ।
उनले रात्रिकालिन सेवाको लागि तत्काल ५ वटा डिलक्स बसहरु मात्रै समितिमा भित्र्याउने जानकारी दिए । इच्छुक व्यवसायीहरुलाई उनले वस दर्ताको लागि आह्वान गरिएको र ३१ गते सम्म समयसिमा तोकिएकोले साउन १ गतेका दिन बढी निवेदन दर्ता भएमा गोला पर्था द्धारा छिनोफानो गरिने पनि जानकारी दिए ।
यसअघि रुकुम यातायात प्रालि र सल्यान–रुकुम यातायात व्यवसायी समितिका बीचमा वस सञ्चालनको विषयमा विवाद हुँदै आएको थियो । प्रालि संगेको प्रतिपर्धाको लागि सल्यान–रुकुम यातायात पसमितिले पनि नयाँ डिलक्स वसहरु सञ्चालनको लागि तयारी गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।
समितिको प्रधान कार्यालय श्रीनगरमा असार १५ गतेका दिन वसेको बैठकले त्यस्तो निर्णय गरेको उनले जानकारी दिए ।समितिका अध्यक्ष लोकमान बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले यात्रुको सुविधालाई मध्यनजर गर्दै सल्यानका विभिन्न रुटहरुबाट काठमान्डौं सम्म रात्रिकालिन सेवा सञ्चालन गर्नको लागि ५ वटा डिलक्स वस आफ्नो समितिमा दर्ता गर्ने निर्णय गरेको थियो ।
५ वटा डिलक्स वस मध्ये सदरमुकाम खलंगादेखि राजधानीका लागि पहिलो गाडी दिउँसो १२ बजे र दोस्रो गाडी दिउँसो ४ बजे छुट्ने अध्यक्ष बुढाथोकीले जानकारी दिए । त्यस्तै अरुवसहरु नयाँ रुटमा जलेखर्क, बांगेलाखुरी हुँदै काठमान्डांैका लागि रात्रिकालिन सञ्चालन गर्ने तयारि गरिरहेको अध्यक्ष बुढाथोकीले बताए ।
Post a Comment