Headlines News :
Home » » यस्तो छ राप्ती अञ्चल असपतालको बेथिति,समय मै डाक्टर आउदैनन

यस्तो छ राप्ती अञ्चल असपतालको बेथिति,समय मै डाक्टर आउदैनन

Written By Unknown on Tuesday, July 12, 2016 | 11:00 PM


दिपक बोहरा/असार २९, तुलसीपुर । तुलसीपुर नगरपालिका १४ बनगाउ निबासी तेजबहादुर ओली आफ्नी श्रीमतीको उपचारका लागि सोमवार राप्ती अञ्चल अस्प्ताल आएका थिए ।

बिहान १० बजे अस्पताल आएका ओलीले दिउँसो १ बजे सम्म अस्पतालमै कुरे । तर उनले सम्वन्धित डाक्टर फेलापार्न सकेनन् । डाक्टर नै नभेटिएपछि ओली दम्पत्ति सोमवार जाँच नै नगराएरै घर फर्किए । ओलीले श्रीमतीलाई गर्भ अवस्थाको वारेमा नियमित चेकजाँच गराउन ल्याएका थिए ।

ओली जसता धेरै सेवाग्राहीहरु अस्पतालको सेवा सुविधा निकै पट्यारलाग्दो रहेको गुनासो गर्दै आएका छन् । एउटा सामान्य जाँच गराउन लाईन बसेपनि डाक्टरको अभावमा घण्टौ कुर्नुपर्ने परिस्थिती अञ्चल अस्पतालमा छ ।

यो समस्या एकाध दिनेका भने हैन, लगभग सदाबहादर समस्या हो । कारण, अस्पतालमा दरवन्दि अनुसारको जनशक्ति प्रदान गरिएको छैन । त्यसमा पनि अस्पतालमा उपलब्ध चिकित्सकहरु मध्ये कतिपय विदामा बसिदिन्छन् । अनि भएकाहरु पनि समयमा आफ्नो कार्यकक्षमा पुग्दैनन् । किनकी कतिपय निजी क्लिनिकहरुमा पनि कार्यरत छन् । यावत कारणले गर्दा अस्पतालको सेवा प्रभावमा ढिलासुस्ती हुँदै आएको छ ।

अस्पताल बिकास समितिका अध्यक्ष रुद्रमणि शर्मा आचार्यले अस्पताल प्रशासनले आवश्यक निगरानी नगर्दा डाक्टरहरुमा मनोमानी बढेको र समयमा कार्यकक्ष नजाने गरेको गुणासो पोख्नुले पनि अस्पताल भित्रको बेथित उदांगो हुन्छ । अस्पताल प्रशासनले कार्यरत डाक्टरहरुलाई आचारसंहिता अनुसार हिडाउन नसक्दा डाक्टरहरुको मानोमानी बढेको उनको कथन छ ।

उनले भने – ‘कार्यरत कर्मचारीहरुलाई अस्पतालका मेसुले नियममा रहेर दायीत्व पुरा गर्न निर्देशन दिन सक्नुपर्ने हो तर, यहाँ त्यसो हुन् सकेको छै्रन्।’ तर अस्पतालले कर्मचारीहरुलाई आवश्यक सबै सुबिधा उपलब्ध गराउन नसक्नुले कडाई गर्ने हो भने उपलब्ध कर्मचारी पनि अन्तै सरुवा मिलाएर जान्छन् कि भन्ने त्रास प्रशासनलाई छ ।

‘न राम्रो सेवा, न पुर्बाधार छ, न आबश्यक दरबन्दी पुरा’ यस्तोमा कसरी सेवाप्रभाह राम्रो हुन्छ रु एक जना अस्पतालका कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भनेका थिए । हाल राप्ती अञ्चल असपतालमा बिशेषज्ञ चिकित्सकको दरवन्दी ११ भएपनि २ जना मात्रै कार्यरत छन् ।

९ जना छैनन्र । मेडिकल अधिकृतमा ६ जनाको दरबन्दी मध्ये ४ जना मात्रै छन् । १८ जना स्टाफ नर्सको दरबन्दीमा ११ जना मात्रै कार्यरत छन् । तर अस्पताल नर्सिङ प्रशासकमा आवश्यक १ जना , व।मे।ट।मा १ जना , सिस्टर सातौ तहमा २ जना , हावस किपरमा १ जनाको दरबन्दी रहेपनि यी कुनैमा कर्मचारी नरहेको नायब सुब्बा नबेन्द्र गिरीले जानकारी दिए ।

व्लड बैंक अझैं सञ्चालनमा आएन
राप्ती अञ्चल असपताल तुलसीपुरमा ब्लड बैंकको भवन निर्माण भएको ५ महिना बिति सक्दा पनि त्यो अझंै सञ्चालनमा आउन सकेको छैन् । त्यही भएर अस्पताल परिसरमै ब्लड बैंक स्थापना भएपनि त्यसको औचित्य सावित हुन सकेको छैन । बाहिरबाट आवश्यक रगत ल्याउनुपर्ने अप्ठेरो अवस्था छ । तुलसीपुरका समाजसेवी वामदेव शर्माको ५५ लाख वढी व्यक्तिगत लागनिमा आधुनिक व्लड बैंक निर्माण भएको थियो ।

गत फागुन महिनामा ब्लड बैंकको भवन निर्माण पुरा भएपछि सभामुख ओनसरी घर्तीले एक औपचारिक कार्यक्रमका बीच उक्त भवनको उद्घाटन गरेकी थिइन । शर्माले भवन हस्तान्तरण कार्यक्रममा जतिसक्यो छिटो व्लड बैंक प्रयोगमा ल्याउन आग्रह गरेको भएपनि हालसम्म उक्त भवन आवश्यक फर्निचर निर्माणमा ढिलाई भएको भन्दै सञ्चालनमा आउन नसकेको बताइन्छ । तर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। भोलाराम श्रेष्ठले आगामी साउन महिनामा व्लड बैंक प्रयोगमा आउने बताए । यसअघि असार महिना भित्रै व्लड बैंक प्रयोगमा आउने बताउँदै आइएको थियो । अझ त्यसपूर्व एकआध महिना भित्रै प्रयोगमा ल्याउने जानकारी दिइएको थियो ।

प्रमुख डा। श्रेष्ठले भने ‘ फर्निचर लगायत अन्य पुर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । साउन देखि ब्लड बैंक सञ्चालनमा आउँछ ।’ त्यस्तै राप्ती अञ्चल अस्पताल बिकास समितिका अध्यक्ष शर्माले ब्लड बैंकका लागि आबश्यक पुर्बाधार तयार भएसंगै ब्लड बैंक संचालन गर्ने अनुमति पाउनका लागि अनुमति फर्म भर्नुपर्ने बताए । अनुमति फर्म भरेसंगै केन्द्रिय ब्लड बैंकले अनुगमण गरि पहिलो पटक ३ देखी ६ महिनाका लागि ब्लड बैंक संचालन गर्न अनुमति दिने छ ।

त्यसपछि फेरी अनुगमण गरी जनशक्ति र प्रयाप्त पुर्बाधार भएमा ब्लड बैंक संचालनका लागि स्थायी अनुमति दिने प्राबधान रहेको शर्माले जानकारी दिए । अझै ब्लड बैंकमा बेसिन , फर्निचर र प्रत्ययक कोठामा पानी जडान हुन नसकेकाले प्रक्रिया अगाडि बढाउन नसकेको उनले बताए ।

अञ्चल अस्पतालमा व्लड बैंक नहुँदा सामान्य खालका विरामी पनि बाहीर रेफर गर्नुपर्ने तथा बाहिरबाट रगत ल्याउनुपर्ने बाध्यता छ । चालु आर्थिक बर्षको अहिले सम्म अञ्चल अस्पताल तुलसीपुरमा ८३ प्वाईन्ट रगत आबश्यक परेको बताएको छ । सो रकम घोराही रक्त संचार केन्द्रले उपलब्ध गराएको थियो ।

आईसियू सञ्चालनमा पनि विलम्व
सरकारले समयमै राप्ती अञ्चल अस्पतालमा आबश्यक दरबन्दी अनुसारको म्यानपावर उपलब्ध नगराउँदा आईसियू सेवा सञ्चालनमा विलम्व भएको अस्पताल प्रशासनले जनाएको छ ।

आवश्यक दक्ष जनशक्तिको अभवामा अस्पतालमा आईसियु सेवा संचालनमा आउन नसकेको मेसु श्रेष्ठले बताए । उनले भने ‘आईसियु संचालन गर्न १२ जना मेडिकल अधिकृत चाहिन्छ तर सरकारले त्यो अनुरुपको दरबन्दी नपठाएकाले आईसियु सञ्चालन गर्न नसकीएको हो ।’दरबन्दीका लागि आफुले पटक÷पटक केन्द्रमा पत्राचार गर्दापनि कन्द्रले कुनै चासो नदिएको मेसु श्रेष्ठले गुनासो गरे । - इन्द्रेणी अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger