|
|
किले यसरी घोराहीका विभिन्न चोकममा सडक व्यापार गरेर गुजारा चलाउन लागेको २२ वर्ष वढी वितिसकेको छ । घोराहीका यी व्यस्त सडकका पेटीहरुमा ५६ वर्षीय सुमित्रा विक २०४९ साल वाट व्यापार सुरु गरेको वताउँछीन् । विकले आफनै आँखाले हेरिन , देखिन र अनुभूत पनि गरिन । उनले कति मानिसका आनिवानी बेहोरिन त्यसको कुनै लेखा जोखा छैन ।
तर यो बीचमा घोराही बजार निकै परिवर्तन भएको पनि देखिन । सडकहरु चिल्ला र चाख्ला पारिए । धेरै पसलहरु थपिए र व्यस्त वजार वन्दै गयो । तर उनको दैनिकीमा भने खासै परिवर्तन आएन् । त्यसैले उनका लागि समय उही र उस्तै हो जस्तो लाग्छ रे । सालिन्दा जाडो,गर्मी र वर्षातको सिजनहरु फेरिन्छन् । यो संगै सिजन अनुसार विकको व्यापार पनि फेरिन्छ तर जीवनस्तर भने फेरिएन भन्ने उनको अनुभूति छ ।
मंगलवार सडकमै भेटिएकी सुमित्रा बिकले सधाझै उर्खमाउलो गर्मीमा पसिना पुच्छदै सडक छेउमा आगोमा मकै पोलिरहेकी थिइन । सुमित्राको जीउको सवै कपडाहरु पसिनाले निथु्रक्क भिजेको थियो । हातै भरी कालो मोसो अनि पसिना पुच्छदै गर्दा अनुहारमा पनि कालोमोसो दलिएको । आर्मीको कमाण्डो तालिम सिक्दै गरेकी जस्ति देखिन्थिन विक । ‘पर्खनुहोस् एकछिन पोल्दैछु , तपाँईलाई कुन चाँही पोल्दिम ।’
हतारमा रहेका ग्राहकलाई उनले यसैगरी पर्खाई राखेकी थिईन । २२ वर्षदेखि चल्दै आएको यो व्यवसायवाट विकले सोचे जति आयआर्जन गर्न नसकेपनि उनलाई दैनिकी चलाउन अनि पेट पाल्न भने सहज भएको छ । त्यो भन्दा उनले केही जोडेकी छैनन् । पेन्सन पाक्ने उमेर सम्म उनले गर्दै आएको सडक व्यापारले उनले कुनै बैंकका पैंशा व्यालेन्स गरेकी छैनन् । उनले यो बीचमा गरेको व्यालेन्स भनेको सडकमा मकै किन्न आउने थरिथरि व्यक्तिका स्वाभवहरु मात्रै हो । उनी भन्छिन् ‘ जति हुनी उति रुनी , कार चढेर आएकाहरु मकैमा बार्गेनिङ गर्छन तर फुटपाटमा हिसड्ने व्यक्तिले बार्गनिङ नगरि भनेको मुल्य दिन्छन ।’
बिकको घर नारायणपुरमा थियो तर ऋण तिर्न नसक्दा साँहुले हडवेछन् । आँफुले दुख्ख गरेर भएपनि विरामी श्रीमानको ओखति गर्न सकेको र घर गृहस्ती सम्हाल्न सकेकोमा भने उनलाई गर्भ लाग्दो रहेछ । ‘हिजो आज मकैको सिजन छ, गाँउ गाँउमा गएर हरिया मकै लिएर आउछु , अनि पोलेर यसरी नै वेच्ने गर्छु ।’ उनले भनिन् ‘फलफूलको सिजन आएपछि फलफूलको व्यापार गर्छु ।’
‘अव त वुढी भईसके हात खुट्टा साँझमा असाध्य दुख्छन, के गर्नु काम नगरे विहान साँझको छाक टर्दैन ।’ उनले निरास हुदै भनिन् ‘घरमा श्रीमान विरामी छन, यही कमाईले हातमुख जोर्ने हो अनि औषधी उपचार गर्ने हो ।’ उनका सञ्तान नभएका भने होइनन् । दुई भाई छोराहरु भारत कमाउन गएको वर्षाैं भयो तर अहिले सम्म फर्किएका छैनन् ।
उनले थपिन ‘ बाबु पखेट्टा लागेपछि चराको बचेरा झैं छोराछोरी पनि उडेर जाने रहेछन् । साथमा एउटा छोरा थियो उ पनि विवाह गरेर छुट्टै बस्दै आएको छ । ’ हामी बुढाबुढीलाई कसैले हेरेन अनि बाँच्नका लागि संघर्ष गर्नै प¥यो । ‘मौसमी तरकारी कहिले भाँउ ह्वात्तै वढने र घटने कारणले कहिले काँही लगानी नै नउठने उनले अनुभव साटिन । कहिले प्रहरीले सडक व्यापार गर्न पाईदैन भन्दै हटाउँदा खेरि पनि उनको आत्मा चिरा पर्र्दाै रहेछ । तर सडक व्यापारमा दैनिक पाँच सय रुपैया सम्म आम्दानी हुने गरेको उनले वताईन् । स्रोत: rsamacharअनालैन
Post a Comment