|
|
घाईते हुनेमा ट्रकका चालक बाँके कोहलपुर निवासी ४० बर्षीय खेमवहादुर शाही र सहचालक दैलेख जिल्ला बराह ६ निवासी १९ वर्षीय सहचालक टेक वहादुर विक गंभिर घाईते भएका छन् ।
घाईते मध्ये चालक शाहीको दुर्घटनाको तीन घन्टा वित्नै लाग्दा पनि होस खुलेको छैन । सहचालक विकको बाँया खुट्टा र हात भाँचिएको भएपनि उनको अवस्था भने खतरा मुक्त रहेको राप्ती अञ्चल अस्पताल तुललसीपुरवाट प्रहरी जवान राजेन्द्र गिरीले जानकारी दिए ।
दुबै जना घाईतेको हाल राप्ती अञ्चल अस्पतालमै उपचार भइरहेको छ । सोमवार विहान साढे ६ बजेतिर दमारगाँउको केही पर भञ्ज्याङ भन्ने स्थानमा ट्रक पल्टिदा उनीहरु घाईत भएका हुन । लु १ ख ५७९२ नम्वरका ट्रक दुर्घटनाको कारण भने खुल्न सकेको छैन । स्रोत: तुलसीपुर अनलाइन
Post a Comment