Headlines News :
Home » » रोल्पाका १२ गाविसमा टेलिफोन सेवा अवरुद्ध

रोल्पाका १२ गाविसमा टेलिफोन सेवा अवरुद्ध

Written By Unknown on Sunday, July 3, 2016 | 10:12 PM


असार २०, रोल्पा । रोल्पाको राकँ–१ राटामाटामा रहेको नेपाल टेलिकमको रिपिटर टावरले काम नगर्दा पश्चिम रोल्पाका सेवाग्राही मर्कामा परेका छन् ।



नमस्ते र स्काइ फोनको टावरमा पटक पटक समस्या आउँदा सेवाग्राही मर्कामा परेका हुन् । राटामाटाको टावर वर्षायाममा बिग्रिने गरेको छ । एक हप्तादेखि टेलिफोन सेवा पूर्णरुपमा बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । स्काइको सेवा पनि भरपर्दो नभएको स्थानीय बासिन्दाको गुनासो छ ।

स्काइले बेलाबेलामा काम गरेजस्तो गर्ने तर फोन बिचमै काटिने समस्या छ ।  टावरले राम्रोसँग काम नगर्दा रोल्पाका राँक, इरिबाङ, पाछाबाङ, राङकोट, कुरेली, पाखापानी, मिरुल, तालाबाङ, ओत, जिनावाङ लगायत रुकुमको चुनबाङ, रुघा, खारा लगायतका गाविसका स्थानीयहरु फोन सेवाबाट वञ्चित भएका छन् ।

नेपाल टेलिकम रोल्पाका प्रमुख कैलाश आचार्यले राटामाटाको रिपिटर टावर टेलिकम कार्यालय रोल्पाले नभई अञ्चल कार्यालय तुल्सिपुरले हेर्ने बताउनुभयो । टावरको समस्याका बारेमा आफूकहाँ लिखित निवेदन नै आएको भन्दै प्रमुख आचार्यले निवेदनलाई टेलिकम कार्यालय तुल्सिपुर पठाइएको जानकारी दिनुभयो । स्रोत: उज्यालो अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger