शँकर केसी/साउन ५, रोल्पा । पश्चिम रोल्पा राँक र छिमेकी गाविसका सेवाग्राहिहरु विगत एक महिनादेखि अबरुद्ध भएको फोन सेवा सुचारु भएपछि खुसि भएका छन् ।
राँक १ रातामाटामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा खराबी भएपछि अवरुद्ध भएको सिडिएमए र स्काई मोवाइल सेवा मंगलबार हिजो दुखि नियमित भएको स्थानीय किरण बाबु ओलिले जनाए ।
टावरमा मर्मत भएसंगै राँक लगाएत छिमेकी गाविसहरु इरिवाङ, पाछावाङ, तालावाङ, मिरुल, ओत, जिनावाङ, रुकुमको रुघा, खारा लगाएतका गाविसका सेवाग्राहिले फोन सेवा उपभोग गर्न पाएका छन् ।
समय समयमा खराबी आइरहने रातामाटा टावरमा नविग्रने गरि मर्मत गर्न पनि स्थानीयले अनुरोध गरेका छन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment