Headlines News :
Home » » म २२ वर्षीय युवा हुँ । कलेज पढ्ने एक युवतीसँग परिचय भयो, नजिक भइयो, यौनसम्पर्कपछि…

म २२ वर्षीय युवा हुँ । कलेज पढ्ने एक युवतीसँग परिचय भयो, नजिक भइयो, यौनसम्पर्कपछि…

Written By Unknown on Monday, July 4, 2016 | 5:41 AM


करुणा कुँवर, मनोविद
म २२ वर्षीय युवा हुँ । कलेज पढ्ने एक युवतीसँग परिचय भयो, नजिक भइयो, चाँडै नै अर्थात् सप्ताहन्तमा यौनसम्पर्क पनि भयो । यौनसम्पर्कपछि उनलाई केही पश्चाताप भएको मैले महसुस गरेको छु । हामीले पछि पनि सँगै जीवन बिताउने प्रतिबद्धता साटासाट गरेका थियौं तर अहिले उनी कम मात्रामा मेरो नजिक आउँछिन् ।

मसँगको यौनसम्पर्कले उनलाई अप्ठेरो भएजस्तो लागेको छ । मैले सुनेको छु, चिनजान हुनासाथ छिटो यौनसम्पर्क गरिहाल्नु राम्रो होइन । मैले यही कुरा उनलाई भनेको पनि छु तर उनी केही खिन्न देखिन्छिन् र अर्को यौनसम्पर्कप्रति त्यति उत्साहित छैनन् । एकान्त वातावरण र टाढाको यात्रामा निस्कन चाहन्नन् ।

यसले यौनसम्पर्कका लागि उपयुक्त वातावरण बनाउने थियो भन्ने मलाई लाग्छ, तर उनले यही कुरा बुझेर मेरो त्यस्तो प्रस्ताव इन्कार गरेजस्तो लाग्छ । म उनीप्रति असाध्यै आकर्षित छु र उनलाई जीवनसाथी बनाउन चाहन्छु । मलाई अहिले छिटो यौनसम्पर्कमा पुगेकाले उनले मलाई शंका गरेकी हुन् कि जस्तो लाग्छ । के गुणस्तरीय सम्बन्धका लागि यौनसम्पर्कमै पुगिहाल्नु नराम्रो नै हुन्छ ? -आर.


तपाईंहरू दुवै जना कलेज अध्ययन गर्ने युवा हुनुहुँदो रहेछ । यस्तो बेला तपाईंहरू विपरीत लिङ्गीप्रति आकर्षित हुनु स्वाभाविक हो । अर्को कुरा के हो भने तपार्इंहरू दुवै जना अध्ययनलाई प्राथमिकतामा राख्नुपर्ने जोडी हो । यो प्रेममा फस्ने उमेर पनि हो । जीवनलाई सफल बनाउन केही सम्झौता गर्नुपर्ने हुन्छ । त्यसैले तपाईंहरूले प्रेमलाई भन्दा अध्ययनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने हुन्छ, तर तपाईंहरू प्रेममा पनि अघि बढिसक्नुभएको र यौनसम्पर्क पनि भैसकेको अवस्थामा हुनुहुन्छ ।

त्यति मात्र होइन, तपाईंहरूलाई कतै नजिक हुनासाथ यौनसम्पर्कमै पुगिहालियो, यसले पढाइमा वा समाजमा वा परिवारमा असर पार्ला कि भन्ने चिन्ता बढ्न थालेको देखिन्छ भने निजी जीवनमा वा प्रेममा अप्ठेरो स्थिति आउला कि भन्ने चिन्ता पनि उत्तिकै देखिन्छ । भेट हुनासाथ यौनसम्पर्कमा पुगिहालेकाले तपाईंकी प्रेमिकालाई केही आत्मग्लानि भएको हुनसक्छ । त्यो कुरा तपाईंले संकेतका रूपमा पाउनुभएको छ र त्यसले तपाईंलाई छटपटी गराएको छ ।

हुनत यो उमेर यसरी छटपटाउने खालको पनि हो । तुरुन्तै यौनसम्पर्क भैहालेकाले पनि छटपटाहट बढेको हुन सक्छ । युवतीलाई आफूले बचाएर राखेको भर्जिननेस तोडिएकोमा केही पश्चाताप हुन सक्छ । तपाईंहरूको छटपटाहटमा यस्ता थुप्रै पक्षको भूमिका छ ।

पहिलेका अध्ययनहरूले देखाएअनुसार पहिलो डेटिङमै पनि यौनसम्पर्क भैहाले त्यसले जोडीको दीर्घकालीन सम्बन्धमा खासै असर पर्दैन, तर पछिल्लो समय बिर्घम यङ विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार पहिलो डेटिङमै यौनसम्पर्क भैहाले त्यसले जोडीको दीर्घकालीन गुणस्तरीय सम्बन्धमा असर पार्छ । उक्त अध्ययन १० हजार जनामा गरिएको थियो र उनीहरूमध्ये ४७ दशमलव ९ प्रतिशतले चिनजान भएको लामो समयपछि हुने यौनसम्पर्कले यौनको आनन्द र जोडीको गुणस्तरीय जीवनमा सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया दिएका छन् । त्यस्तै ३५ दशममलव ५ प्रतिशतले पहिलो डेटिङमै यौनसम्पर्क हुँदा पनि राम्रो नै हुने प्रतिक्रिया दिएका छन । बाँकी प्रतिक्रियाहरू नगण्य छन् ।

अनुसन्धानकर्ताहरूले पहिलो डेटिङमै यौनसम्पर्क हुनासाथ सम्बन्ध नै बिग्रन्छ भनेका छैनन्, तर उनीहरूको भनाइमा गुणस्तरीय यौनसम्पर्क र गुणस्तरीय जीवनका लागि लामो चिनजान वा पटकपटकका डेटिङपछि मात्र यौनसम्पर्क भए राम्रो हुन्छ । मनोवैज्ञानिक हिसाबले हेर्दा जसरी तपाईंहरू अगाडि बढ्नुभयो, त्यसरी नै तपाईंहरूबीच केही असहज वातावरण बनेजस्तो देखिन्छ र त्यसको असरले तनावमा धकेलेको बुझिन्छ । यसलाई राम्रो मान्न सकिँदैन ।

एकअर्कालाई बुझ्ने, यौनसम्पर्कका सकारात्मक–नकारात्मक पाटाको अध्ययन–विश्लेषण गर्ने, भविष्यका लागि के–कस्तो योजना बनाउन लागिएको हो, स्पष्ट हुने, जीवनका उच्च प्राथमिकता तथा न्यून प्राथमिकताहरूका बारेमा थाहा पाउने र आपसमा सञ्चार गर्नाले अझ सामीप्यता वृद्धि हुनुका साथै प्रेमसम्बन्ध घनिभूत हुन्छ । यसले विभिन्न शंका–उपशंका पैदा गर्दैन र मानसिक असर पनि नकारात्मक हुँदैन ।

यसले पछिको गुणस्तरीय जीवनलाई पनि सहयोग नै गर्छ । प्रेमीलाई पहिलो यौनसम्पर्कले कति असर गरेको छ भन्ने थाहै नपाई तपाईं बढी छटपटिनुभएको हुन सक्छ । यसका लागि तपाईंले उनीसँग सोध्ने र पछिका दिनहरूमा सहमतिमा अघि बढ्न सकिने कुरा बताउनुपर्छ, अर्थात् प्रेमीको प्रतिक्रिया के छ भन्ने कुरा स्पष्ट रूपमा थाहा पाउनुहोस् । समाधान त्यही निस्कन सक्छ । उनमा नकारात्मक असर परेको छ भने पनि आपसमा छलफल गरेर दिल खुलस्त पार्न सकिन्छ । यसले दुवैलाई थप नजिक ल्याउन मद्दत गर्छ । -स्रोत: साप्ताहिक

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger