Headlines News :
Home » » प्यूठानको लुंग्री-माडी सिचाई आयोजनामा ११ करोडको लगानि, तर तीस वर्षमा ३ किलोमिटर नहर !

प्यूठानको लुंग्री-माडी सिचाई आयोजनामा ११ करोडको लगानि, तर तीस वर्षमा ३ किलोमिटर नहर !

Written By Unknown on Sunday, July 3, 2016 | 11:14 PM


भुपेन्द्रप्रकाश वली/असार २०, दाङ । शासन व्यवस्थाले गति लियो शासक फेरिए, नेता फेरिए , मन्त्रि फेरिए तर प्यूठानको लुंग्री — माडी सिचाई आयोजनाले लक्ष्य अनुरुप गति लिन सकेको छैन ।

२०४२ सालको पञ्चायति व्यवस्थाले शुरु गरेको सिचाई आयोजनाको काम तिन दशक पछि गणतन्त्र आइसक्दा सम्म पनि जम्मा ३ किलोमिटर मात्र पूरा हुन सकेको छ । सरकारी उदासीनता , राजनैतिक पूर्वाग्रह , ठेकेदारको लापरबाही र सरकारी कार्यालयको हेलचेक्रयाँईका कारण आयोजनाको काम कछुवा गतिमा अघि बढी रहेको छ ।

रोल्पाको लुंग्रीमा मुहान रहेको आयोजनाबाट रोल्पाका केही भाग अनि प्युठानको सारी, बेलबास ,बर्जिबाङ हुदै चाल्नेटार सम्म २४ किलोमिटर नहर निर्माण गरेर १ हजार हेक्टर जमिनमा सिचाँई गर्न सकिने संभाव्यता अध्ययन भएको थियो ।

तर सोचेअनुरुप कार्यान्वयन पक्ष फितलो देखिएपछि नहरको लम्बाई छोटयाएर हाल १२ किलोमिटर मात्र बनाउने योजना अघि सारिएको छ । छोटयाइएको योजना अनुरुप यो असार सम्म सिध्याउनुपर्ने काम नहरको आकार छोटयाउदा पनि पूरा भने हुन सकेको छैन ।

बरु माडी खोलाको पानि ल्याउन नसकिएपछि जूरुङ खोलाको पानि ल्याएर लक्षीत क्षेत्रमा खेति गरिएको छ । ‘ शुरmवातमा २४ किलोमिटरको नहर तयार पार्ने योजना भएपनि कार्यान्वयन पक्ष फितलो देखिएपछि आकार सानो पारियो’ स्थानिय गिरिराज भण्डारीले भन्नुभयो ‘ तर अहिले त्यही पनि पूरा हुने अवस्थामा छैन । योजना भरथेग गर्नका लागी जूरुङ खोालाको सहारा लिनु परेको छ ।

११ करोडमा जम्मा ३ किलोमिटर
योजना स्वीकृत भएको समय देखि हाल सम्म ११ करोड बराबरको रकम नहर निर्माणमा खर्च भइसकेको छ । त्यसमा करिब १ करोड बराबर स्थानियले श्रमदान गरेका छन । राज्यले नहर निर्माणका लागी २०४४ देखि २०६३ सम्म करिब साढे चार करोड रकम खर्च भएको छ ।

०६३ सालम पछि पूनः राजनैतिक किचलोका कारण नहर निर्माणका काम अन्यौलमा परेको थियो । २०६५ सालमा तत्कालीन सरकार, आइएलसी, नेपाल सिचाई परियोजनाबाट ४ करोड त्रिपन्न लाख ६१ हजारको लागतमा आयोजनालाई पुनः सञ्चालनमा ल्याइएको थियो । स्थानिय युवा हरि रावतले ११ करोड खर्च गरेर ३ किलोमिटर नहरमा मात्रै पानि ल्याउनु लगानिलाई बालुवामा पानि बनाउने कार्य भएको बताए ।

५० लाख फ्रिज
योजना पूरा नुहुनुमा राज्यको उदासीनता संगै उपभोक्ताको पनि कमजोरी रहेको पाइएको छ । उपभोक्ता समीति मार्फत श्रमदान गरिनुपर्ने नियम भएतापनि राजनैतिक किचलोका कारण लामो समीति निर्माण हुन सकेन ।

बल्ल तल आर्थीक वर्षको समाप्ती हुने समयमा गत जेष्ठ ३२ गते लोकबहादुर सुनारको अध्यक्षतामा उपभोक्ता समीति गठन गरिएको थियो । तर सो उपभोक्ता समीतिले पनि काम गर्न नसकेपछि चालु आर्थीक वर्षमा ५० लाख बराबरको बजेट फ्रिज हुने अवस्थामा पूगेको छ ।

राजा विरेन्द्रको उपहार
२०४२ सालमा प्यूठानको स्वर्गद्धारीका भ्रमणमा निस्कीएका तत्कालीन राजा विरेन्द्रले प्यूठानको कृषीक्षेत्रको विकासका लागी माडी नदिले पूर्याउन सक्ने योगदानलाई मध्यनजर गर्दै आयोजनाको सम्भाव्यता अध्ययनका लागी प्राविधीक खटाएका थिए ।

त्यसको दुई वर्षपछि अर्थात २०४४ सालबाट नै आयोजना कार्यान्वयनको प्रक्रिया अघि बढाइएको थियो । ‘ राजा विरेन्द्रले उपहार स्वरुप नहरका लागी बजेट छुटयाएका थिए । तर ४६ सालको बहुदल आएपछि नहर निर्माणको काम ठप्प भयो । स्थानिय भण्डारीले भने ‘ गणतन्त्र आएको यति लामो समय बितीसक्दा सम्म नि नहरको काम पूरा नहुनु निक्कै लाजमर्दो विषय हो ।

काम गरिरहेका छौं :  सिचाई डिभीजन
सिँचाई डिभीजन कार्यालय प्युठानले जनाएअनुसार नहरका लागी हाल उपभोक्ता समीती र ठेक्काप्रथा गरि २ तरिकाबाट काम भइरहेको छ । उपभोक्ता बाहेक २ वटा निर्माण कम्पनिले सोचे बमोजीम काम गरिरहेको कार्यालयका प्रमुख कृष्ण बहादुर विश्वकर्माले दाबि गरे । ‘

यो असार अन्तिम सम्म माडी खोलाबाट पानि ल्याउन नसकिए तापनि जुरुङ खोलाको पानि पूर्याएर सिँचाईको व्यवस्था मिलाउनेछौ ’ उनले भने ‘ पछिल्लो बाह्र किलोमिटर नहर निर्माण मध्ये निर्माण कम्पनिले जिम्मा पाएको काम सिध्याउने संकेत देखा परेको छ । उपभोक्ता जिम्मा रहेको २ किलोमिटर भने बाँकी रहनेछ ।’

विश्वस्त छैनन स्थानिय

सरकारी कार्यालयले अबको १ डेढ वर्षमा लक्ष्यअनुरुप योजना सम्पन्न गर्ने बताएपनि स्थानिय त्यो कुरामा विश्वस्त छैनन । विगतको विरासत पुनः दोहोरिएर योजना अलपत्र पर्ने चिन्ता उनिहरुमा छ । यस्तै निर्माण कार्य शुरु भएको लामो समय बितीसकेकाले संरचना पुरानो भएको र नहरको आकार पनि छोटयाइएकाले पानिको बहावका कारण नहर दिगो नहुने उनिहरु बताउछन ।‘ लामो समय बितीसकेकाले नहर ठाँउ ठाँउमा भत्किएर जान थालेको छ ।

स्थानिय हरि रावतले भने ‘ पानिको बहाव उच्च भएकाले नहर भत्किएर जाने सम्भावना छ । माडी खोलाको बहाव उच्च भएका कारण नहरमा अटन नसकेको पानिलाई विद्युतिकरणमा जोडन सकेमात्र नहर दिगो हुन सकने उनिहरmले बताएका छन । इन्द्रेणी अनलाइनबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger