Headlines News :
Home » » यसरि पढ्छन प्युठानका बालबालिकाहरु ! कस्ले बुझ्ने यी कलिला मुनाहरुको पीडा ?

यसरि पढ्छन प्युठानका बालबालिकाहरु ! कस्ले बुझ्ने यी कलिला मुनाहरुको पीडा ?

Written By Unknown on Sunday, July 17, 2016 | 5:37 AM


राधिका भुसाल/साउन २, प्यूठान । दैनिकी वर्षा चलिरहेको छ, त्यो छाप्रे टहरो पानीको धारा झैं चुहिरहन्छ तर यहि चुहिने टहरामा पढ्न बाध्य छन्, यहाँका एक विद्यालयका बालबालिकाहरु ।

प्यूठान सदरमुकाम नजिकै पर्ने माझकोट गाविसको धर्मावति माध्यमिक विद्यालयमा गत वर्षको भुकम्पले विद्यालय पूर्ण ध्वस्त बनाएपछि सरोकारवालाहरुको अहिले सम्म उचित ध्यान जान नसक्दा विद्यार्थीहरुले चर्को घाम र वर्षातको झरीलाई सामना गर्दै पढ्न बाध्य हुनु परेको छ ।

विद्यालयको भौतिक संरचना पनि पठन पाठन जस्तै महत्व भएकोले भवन, फार्निचर, शौचालय, खेल मौदान, खानेपानी जस्ता कुरा ध्यान दिनु पर्ने प्रधानाध्यापक युवा राज भण्डारीले बताए ।

‘तत्कालिन समयमा ३ महिना विहान – साँझको पालो लगाएर कक्षा सञ्चालन गरेका थियौं । त्यसपछी टहरा बनाउनका लागि शिक्षा जिल्ला कार्यालयबाट १ लाख ४० हजार रकम र नेपाली सेनाद्धारा जस्तापाताको व्यवस्था भयो र ४ कोठे बासको टहरा बनाई कक्षा सञ्चालन गरेका थियो,’ उनले भने– ‘१४ कोठाको भवन आवश्यक भएतापनि मात्र बहुवर्षिय योजना अन्तरगतको ४ कोठे भवन दिएको छ त्यसमा पनि अहिले २ कोठा मात्र डिपिसी गरिएको छ ।’ त्यस्ले गर्दा आवश्यकता अनुसार कोठाहरु व्यवस्थापन हुन नसकेपछी विद्यार्थीहरुले यो शास्ती ब्यहोर्न परेको उनले बताए ।

विद्यालयको भौतिक निर्माणका लागि कतैबाट कुनै सहयोग नभएको बताउदै तत्कालिन द्धन्द्धकालको समय अर्थात २०६० सालमा उक्त विद्यालयमा परेको योजनालाई पनि अन्य ठाउँमा पु¥याएकोले धेरै पहिले देखिनै विद्यार्थीहरु मारमा पर्दै आएको भण्डारीले बताए ।

सरकारको सिमित आर्थिक स्रोत हुने हुंदा पहुंच पुगेका विद्यालयहरुले पाउने र पिछडिएका दुरदराजका विद्यालयहरुलाई सरकारी निकायबाटै वेवास्ता गरिएकाले विद्यार्थीलाई अझैपनि पुरानो चुहिने जस्ताको छाप्रो मुनि पढाउन बाध्य भएको उनको भनाई छ ।

सम्बन्धित निकायको ध्यान जान नसक्नु र राजनीति चलखेल हुनुले विद्यालय अहिले पनि बत्तिमुनी अध्यारो बनेको माझकोटवासी जनसमुदायको गुनासो छ ।

उक्त विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म करिव ६ सय जना विद्यार्थीहरुले अध्ययन गर्ने गर्दछन् भने कक्षा ६ र ७ मा विद्यार्थीको संख्या बढि भएका कारण सेक्सन कक्षा पनि सञ्चालन गरिएको छ ।

कक्षा सातमा अध्ययनरत विद्यार्थी माधव प्रसाद पोख्रेलले विद्यालयलाई भुकम्पले क्षतिग्रस्त बनाए पछी वर्षातको समयमा पानीमा रुझ्दै र हिउदको समयमा जाडोले कठ्यारिदैं टहरामा पढ्न बाध्य भएको बताउछन् ।

‘हामी बालबालिकाले घाम, पानी र जाडो त सामना गर्नु छंदै छ त्यसमाथि एउटा कक्षामा पढाई भइरहेको समयमा त्यो हल्लाले अर्को कक्षामा शिक्षकले पढाएका कुरा नसुन्ने, नबुझ्ने समस्या झनै ठुलो छ’, उनले भने–‘ पानी परेको समयमा त झन् ढोकाबाट भित्रै पानी आउछ, जस्ताचहिन्छ र पुस्तकहरु पनि जोगाउन सकिदैन् । यस्तो अवस्थामा हामीले कसरी आफ्नो अध्ययन निरन्तरता दिन सक्छौं र ?’

बाल बालिकाको हक अधिकारका कुरा गर्न भन्दा पनि राज्यले सहज र शान्त वातावरणमा पढ्ने व्यवस्था मिलाई भौतिक संरचनालाई पहिलो प्राथमिकता दिन आग्रह पोख्रेलले समेत गरे ।

सो विद्यालयमा करिव ३० वर्ष अगाढि देखि शिक्षण गर्दै आएका शिक्षक खेतुलाल भण्डारीले टहरामा पठन पाठन सञ्चालन गर्न अत्यन्तै अप्ठ्यारो भएको बताउछन् । उन भन्छन्– ‘भौतिक संरचना निर्माण गर्नको लागि हाम्रो विद्यालयलाई पछाडि पारिएको छ । शैक्षिक सामग्री र शौचालयको पनि राम्रो व्यवस्था हुन सकेको छैन् ।

 विद्यार्थीका लागि आवश्यक भौतिक संरचनाहरुको राम्रो व्यवस्था नभएको खण्डमा उनीहरुको शिक्षामा असर पर्ने सम्भावना बढि हुन्छ । ग्रामिण क्षेत्रका बालबालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्ने लागि सरोकारवालाहरुको चासो दुर्गम बस्तीहरुमा पनि पुगोस् ।’

विद्यालयमा एैक्षिक. विषयहरु कम्प्यूटर, लेखा, एैक्षिक. गणित, अर्थशास्त्र, इतिहास लगायतका विषय पढाइहुने र कम्प्यूटर विषय भने ६–८ कक्षासम्म मात्र हुने गरेको बताउदैं आवश्यक कक्षा कोठा, दक्ष शिक्षक आवश्यक भएअनुसार कम्प्यूटर नभएको १० कक्षा सम्मै कम्प्यूटर विषय सञ्चालन गर्ने नसकेको उनले शिक्षक भण्डारीको भनाइ छ ।

२०११ सालमा स्थानपा भएको विद्यालय २०५० साल देखि मावि तहको रुपमा सञ्चालन हुंदै आएको हो । हाल विद्यालयमा २ जना सहयोगी १ जना लेखापाल र १६ जना शिक्षक गरी १९ जना शिक्षक स्टाप रहेको छन् । जिल्लाका जुम्रीकाँढा, फोप्ली, विजुवार र धर्मावतिका विद्यार्थीहरुले अध्ययन गर्दै आएको छन् । -रातोपाटि अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger