Headlines News :
Home » » नेपाल टेलिकमले ल्यायो नयाँ योजना

नेपाल टेलिकमले ल्यायो नयाँ योजना

Written By Unknown on Sunday, July 17, 2016 | 5:58 AM


साउन २, काठमाडौं । नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा भिडियो कलको सुविधा दिने भएको छ ।



टेलिकमले आफ्नो नेटवर्क भित्र मात्र यो सुविधा उपलब्ध गराउने जनाएको छ। भिडियो कलको महसुल प्रतिमिनेट ५० पैसा (कर बाहेक) तोकिएको छ । हाल यो प्याकेज लिएका सिमहरुले असार मसान्तदेखि नै सहुलियत दरको सुविधा लिन सक्नेछन् । यो सुविधा भएको सिम लिन अपाङ्गताको पहिचान खुल्ने कागजातसहित नेपाल टेलिकमको काउन्टरमा सम्पर्क गर्न टेलिकमले भनेको छ। सिम ९० रुपैयाँमा पाइने र त्यसमा ५० को टक टाइम हुने जनाइएको छ ।

त्यसैगरी २०६२/०६३ को जनआन्दोलनका घाइते एवं पूर्णरुपमा शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई एक पटकका लागि जिएसएम प्रविधिको प्रिपेड सिम वा सिडिएमए प्रविधिको रुम कार्ड एक थान निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको जनाइएको छ । यो सेवा साउन ३ गते देखि लागुहुने जनाएको छ ।

सेवा लिनको लागि जनआन्दोलनका घाइतेहरुले नेपाल सरकारबाट जारी भएको परिचयपत्रसहित एक प्रति फोटो र नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ । त्यसैगरी शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, समाज कल्याण परिषदबाट जारी भएको परिचय पत्र (रातो कार्ड) सहित एक प्रति फोटो र आफ्नो नागरिकताको प्रतिलिपि पेश गर्नु पर्नेछ । यी सबै सेवाका लागि नेपाल टेलिकमको आफूलाई पायक पर्ने काउन्टरमा सम्पर्क राख्न सकिनेछ । 

यो योजना माघ मसान्त सम्म लागुहुने टेलिकमले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ल्याएको यो योजनाले बोल्न र सुन्न नसक्ने ब्यक्तिहरु तथा जनआन्दोलनका घाइते एवं पूर्ण रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग पुग्ने अपेक्षा राखेको टेलिकमले जनाएको छ ।  -नागरिकन्युज अनलाइनबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger