Headlines News :
Home » » सल्यानबाट ६७ करोडको कृषिजन्यवस्तु निकासी

सल्यानबाट ६७ करोडको कृषिजन्यवस्तु निकासी

Written By Unknown on Saturday, July 16, 2016 | 2:53 AM


दिपक शर्मा/साउन १, सल्यान । सल्यानमा यो वर्ष ६७ करोडभन्दा बढिको कृषि जन्य वस्तुको निकासी भएको छ । जिल्ला कृषि विकास कार्यालय सल्यानका अनुसार यस चालुआर्थिक वर्षमा ६७ करोड, १७ लाख, ७१ हजार बराबरको कृषिजन्य बस्तुको निकासी भएको हो ।



कपुरकोट कृषि हाटबजार लगायत विभिन्न ८ हाटबजारबाट १७ करोड ७२ लाख, २६ हजार बराबरको तरकारी, २७ करोड, ११ लाख, २५ हजार बराबरको सुन्तला, १० करोड ४३ लाख २० हजार बराबरको अदुवा निकासी भएको वरिष्ठ कृषि विकास अधिकृत टेक प्रसाद लुईटेलले जानकारी दिए । उनले भने, ‘५ हजार ३ सय १७ टन तरकारी, २५ टन सुन्तला, ७ सय ८ टन अदुवा निकासी भएको छ । जसबाट कृषकहरुले मनग्य आम्दानी गर्न सफल भएका छन् ।’

वरिष्ठ कृषि विकास अधिकृत लुईटेलका अनुसार शारदा करिडोरमा ८ सय १ प्लाष्टिक घरको ४८ हजार वर्गमिटरमा टमाटर खेतीबाट ५ सय ७० टन उत्पादन गरी २ करोड ५६ लाख आम्दानी भएको छ । यस वर्ष १९ सय प्लाष्टिकका घर बनेका छन ।

यस्तै २२ लाख बराबरको विभिन्न जातको मकै, १ करोड १४ लाख बराबरको भटमास, ९ करोड ४५ लाख बराबरको टिमुर, र ४३ लाख बराबरको विभिन्न जातका विउ निकासी भएको छ ।

जिल्लामा ७ हजार ९ सय ७५ घरपरिवार तरखेतीबाट लाभान्वित भएको प्रमुख लुईटेलले बताए । उनले भने, ‘सुन्तलाबाट कोटमौला, कोटबारा, दमाचौर, पिपलनेटा, मार्के, सेजवालटाकुरा, कजेरीका १ हजार परिवार लाभान्वित भएका छन् अन्य बाँकी विभिन्न कृषिजन्य बस्तुको उत्पादन गरी लाभान्वित हुँदै आइरहेका छन् ।’

जिल्लामा उत्पादन भएका कृषिजन्य बस्तुहरु, बुटवल, दाङ, पोखरा, काठमाण्डौ, नेपालगञ्ज, धनगढी र भारतको लखनऊसम्म जाने गरेको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger