|
|
अघिल्लो आर्थिक बर्ष २०७१/७२ मा तीन सय ९४ वटा साना तथा घरेलु उद्योग कार्यालयमा दर्ता भएका थिए । चार बर्षको तुलनामा बितेको एक बर्षमा ३ सय ३८ उद्योग नयाँ दर्ता भएको उद्योग अधिकृत उमबहादुर वलीले जानकारी दिए । एक बर्षमा छ सय ६६ वटा प्राइभेट फर्म, १५ वटा प्रालि र ५१ वटा साझे दारी उद्यो ग दर्ता भएका छन् ।
घरेलु तथा साना उद्यो ग कार्यालयमा अधिकतम तीन करो ड पूँजी भएका उद्यो ग दर्ता गर्ने गरिएको छ । पछिल्लो समयमा जिल्लामा पशुपालन, माहुरी, माछा पालन र कृषि व्यवसायमा नागरिकहरुको आकर्षण देखिएको कार्यालयको भनाई छ । साथै बिदेश गएर फर्किएका र बेरोजगार युवाहरुलाई लक्षित गरी बिभिन्न कार्यक्रमहरु सञ्चालन भएपछि पनि उद्योग खुल्ने क्रम बढेको वलीले बताए ।
कार्यालयले न्यूनतम दश हजारदेखि ५० हजार रुपैयाँसम्मको प्रविधि हस्तान्तरण गर्ने गरेको छ । जिल्लामा साना उद्यो ग सँगै ठूला उद्योगहरु समे त खुल्ने क्रम बढे को छ । यसैविच पटक पटकको अनुगमन र आग्रह अनुसार उद्योगिहरुले उद्योग दर्ता प्रकृयामा पनि चासो दिएको कार्यालय बताउछ । स्रोत: तुलसीपुर अनलाइन
Post a Comment