|
|
उक्त कार्यक्रमका लागि आर्थिक वर्ष २०७२/७३ का लागि बिनियोजित कुल बजेट मध्ये खर्च हुन नसकेर २३ लाख ३३ हजार ३ सय ८० फ्रिज भएको हो । कुल विनियोजित बजेट २ करोड ९ लाख ५० हजार मध्ये १ करोड ८६ लाख १६ हजार ६ सय २० मात्र खर्च भएको जिल्ला प्राविधिक कार्यालय रोल्पाले जनाएको छ ।
‘जेलबाङ नमूना बस्ती विकास’ कार्यक्रम अन्तरगत पहिलो चरणमा रि खोला लघु जलविद्युत र सम्पुरी खोल्सीदेखी जेल्बाङसम्मको मोटरबाटो निर्माणका लागि सो बजेट अख्तियारी प्राप्त भएको थियो । उक्त योजनाहरु उपभोक्ता समिति मार्फत सञ्चालन भइरहेका छन् ।
‘जेलबाङ नमूना बस्ती विकास’ कार्यक्रम मन्त्रालयको क्रमागत अन्तरगत रहेकाले गत आर्थिक वर्षमा खर्च हुननसकेर फ्रिज भएको बजेट चालु आर्थिक वर्षमा पनि विनियोजित हुने जिल्ला प्राविधिक कार्यालयका प्रमुख इञ्जिनियर केदार शर्माले जानकारी दिनुयभो ।
१० वर्षे सशस्त्र द्वन्द्वको समयमा जेलबाङ गाविसले सबैभन्दा धेरै मानविय क्षति व्यहोरेको थियो । उक्त गाविसबाट द्वन्द्वको समयमा ७३ जनाले ज्यान गुमाएका थिए । जिल्लाको सबै भन्दा धेरै मानविय क्षति भएकाले शान्तिका लागि विकास कार्यक्रम उक्त गाविसमा सञ्चालन गरिएको हो ।
Post a Comment