Headlines News :
Home » » रोल्पामा दाजुको हँसिया आक्रमणवाट भाई गंभिर घाईते

रोल्पामा दाजुको हँसिया आक्रमणवाट भाई गंभिर घाईते

Written By Unknown on Sunday, July 3, 2016 | 10:31 PM


असार २०, रोल्पा । रोल्पामा दाजुले सहोदर भाईलाई धारिलो हतियार प्रहार गरि गंभिर घाईते बनाएका छन् ।



रोल्पा जुगाँर १ निवासी २७ वर्षीय अर्जुन विकले सहोदर भाई २३ बर्षीय अजय विकलाई हँसियाले प्रहार गरि गंभिर घाईते बनाएको प्रहरीले बताएको छ ।

आइतवार रातको साढे १० बजे जग्गा सम्वन्धि सामान्य विवाद चल्दा अर्जुनले अजयको बायाँ खुट्टामा हँसिया प्रहार गरेका थिए । राप्ती अञ्चल अस्पताल तुलसीपुरवाट प्रहरी जवान राजेन्द्र गिरीका अनुसार हँसिया प्रहार पछि अजयको खुट्टाको नयाँ नै काटिएकोले अत्यधिक रक्तस्राव हुनगई उनको अवस्था गंभिर बन्न पुगेको हो ।

सोमवार विहान अजयलाई उपचारका लागि राप्ती अञ्चल अस्पतालमा ल्याएको र उनेका अवस्था निकै क्रिटिकल भएकोले तत्काल नै शिक्षण अस्पताल कोहलपुर रेफर गरिएको उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन् ।

अजयको रगत रोकथामको प्रयास गरिएपनि रगत नरोकिएकोले उनलाई कोहलपुर रेफर गरिएको प्रहरीले बताएको छ । स्रोत: तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger