Headlines News :
Home » » कैद मिनाहा पाएका दाङका दुई युवा १ महिनामै फेरी प्रहरीको फन्दामा

कैद मिनाहा पाएका दाङका दुई युवा १ महिनामै फेरी प्रहरीको फन्दामा

Written By Unknown on Sunday, July 3, 2016 | 10:58 PM


असार २०, दाङ । फोनमार्फत् विभिन्न निर्माण व्यवसायीहरुसँग लाखौं रुपैयाँ चन्दा माग गरेको आरोपमा दाङमा दुईजना युवा पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा तुलसीपुर–१८ निवासी पारस हमाल र भानु बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभएको छ ।



उनीहरुले सडक निर्माण गर्ने विभिन्न निर्माण व्यवसायी र होटेल सञ्चालकलाई फोन गरेर ज्यानमार्ने धम्की दिँदै १ लाखदेखि ५ लाख रुपैयाँ सम्म चन्दा माग गरेको उपरिक्षक सिंहले बताउनुभयो । उनीहरुले पैसा असुली गरेको या नगरेको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको छ । पक्राउ पर्ने दुवै जना कैलाली कारागारबाट जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा असल चालचलन र ४० प्रतिशत कैद भुक्तान गरेको भन्दै ज्यान मार्ने उद्योगको मुद्दा खेपीरहेका बेला कैद मिनाहामा परेका थिए ।

दुवै जनालाई प्रहरीले सार्वजनिक मुद्दा चलाएर थप अनुसन्धान गरेको छ । हमाल र बस्नेतलाई जिल्ला प्रहरी कार्यालयको निर्देशनमा गुण्डागर्दी नियन्त्रण गर्न गठित विशेष कार्यदलले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । प्रहरीले उनीहरुलाई कैलाली कारागारबाट छुटे देखिनै निगरानी गर्दै आइरहेको श्रोतले बताएको छ ।

‘छुटेर आएको दिनमा पनि मोटरसाइलमा होहल्ला गर्दै हिडे, त्यसको केहि समयपछि धम्की दिएर चन्दा माग्न थालेको गुनासो आउन थालेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको हो’, प्रहरी श्रोतले भन्यो ।

यता इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी कृष्ण प्रसाईले भने अनुसन्धानमा बाधा पुग्ने भन्दै पक्राउ परेका व्यक्तिको नाम र ठेगाना समेत नदिएको पत्रकारहरुले गुनासो गरेका छन् । प्रसाईले विभिन्न समयमा अनुसन्धानमा बाधा नपुग्ने कुरालाई पनि अनुसन्धानमा बाधा पुग्ने भन्दै लुकाउन खोजेको उनीहरुले बताएका छन् । स्रोत: दाङखबर

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger