Headlines News :
Home » » दाङमा पार्किङ गरेको बसमा आगजनी

दाङमा पार्किङ गरेको बसमा आगजनी

Written By Unknown on Thursday, July 28, 2016 | 5:14 AM


साउन १३, घोराही । दाङको घोराहीमा पार्किङ गरी राखेको एउटा हाईस गाडिमा आगजनी भएको छ । घोराही नगरपालिका ७ डुम्मरगाउँमा पार्किङ गरी राखेको रा १ ज ४५३ नम्बरको गाडिमा बुधबार राती आगजनी भएको हो ।
फाइल तस्बिर
रोल्पा घर्तीगाउँ घर भई हाल डुम्मरगाउँ बस्दै आएका तीर्थ पुन मगरको उक्त गाडिमा गएराती साढे १ बजे आगलागि भएको प्रहरीले जनाएको छ ।आगोले गाडिको अगाडि इन्जीनको भाग जलेको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख, प्रहरी निरीक्षक सुर्य थापाले जानकारी दिए ।

आगोलाई स्थानियहरुले गएराती नै निभाएका थिए । गाडिमा आगो कसैले लगाएको हो या तार सर्ट भएर आफै लगेको हो भन्ने बारेमा केही खुल्न नसकेको छैन् । घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger