Headlines News :
Home » » पहिरोले दाङ-रोल्पा सडक खण्ड तीन दिनदेखी अबरुद्ध

पहिरोले दाङ-रोल्पा सडक खण्ड तीन दिनदेखी अबरुद्ध

Written By Unknown on Thursday, July 28, 2016 | 3:32 AM


माधवकुमार ओली/साउन १३, रोल्पा । पहिरोका कारण शहिदमार्ग सडकखण्ड तीन दिनदेखी अबरुद्ध भएको छ ।

शहिदमार्ग सडक खण्ड अन्तरगत घोराही–होलेरी सडक खण्डको दाङ सैघाको पेडामा सोमबार खसेको पहिरोका कारण सडक खण्ड अबरुद्ध भएको हो ।

पहिरो हटाउन जेसेबी प्रयोग गरिएको भएतापनि अविरल वर्षाले पहिरो खस्ने क्रम नरोकीएको हुँदा काम गर्न कठिन भएको प्रहरीले बताएको छ । जेसीबीले नियमित काम गरेमा बिहिवार दिउसोसम्म सडक खुल्न सक्ने जलजला यातायात व्यवसाय समिति होलेरी काउन्टरका यामबहादुर थापाले जानकारी दिए ।

सडक अवरुद्ध हुदा दाङको घोराहीदेखी रोल्पाको होलेरी हुदै तिला, घर्तीगाउँ तथा प्यूठानको स्वर्गद्धारी जाने यात्रुहरुले कष्ट बेहोर्नु परेको छ । तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger