Headlines News :
Home » » राप्ती लोकमार्ग अबरुद्ध अन्तर्गत दाङ-सल्यान सडकखण्ड १३ घण्टापछि खुल्यो

राप्ती लोकमार्ग अबरुद्ध अन्तर्गत दाङ-सल्यान सडकखण्ड १३ घण्टापछि खुल्यो

Written By Unknown on Friday, July 22, 2016 | 5:54 AM


शँकर के सी/साउन ७, सल्यान  । राप्ती लोकमार्ग अन्तर्गत अबरुद्ध भएको दाङ सल्यान सडकखण्ड झण्डै १३ घण्टापछि खुलेको छ ।



अविरल वर्षापछिको पहिरोले विहिबार राती करिव १२ बजेबाट अवरुद्ध भएको सडक शुक्रबार दिउँसो साढे १२ बजेतीर सुचारु भएको प्रहरीले जनाएको छ ।

तुलसिपुर नगरपालिका वडा नम्बर १ साततले नजिकमा झरेको पहिरो डोजरको सहायताले पन्छाएपछि केहि मात्रामा यातायात सेवा सुचारु भएको कपुरकोट प्रहरीले जनाएको छ ।यस सडकखण्डको आधा दर्जन बढि स्थानमा पहिरो झरेको थियो ।

पहिरो हटाउनका लागी सडक विभागको डोजर परिचालन तयारि अवस्थामै छ । र यहि डोजरको सहायतामा तथा प्रहरीको सक्रियतामा विभिन्न स्थानको पहिरो हटाउने काम भइरहेको प्रहरी चौकी कपुरकोटका इन्चार्ज झग्गु कुवरले जनाए ।

अझै पनि पहिरो झर्ने क्रम नरोकिएकाले यातायात सेवा पूर्ण रुपमा सञ्चालनमा छैन । दाङ सल्यान सडकखण्ड वर्षायाममा प्रत्येक वर्ष अवरुद्ध हुने गरेको छ । यसले यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने विचबाटोमै अलपत्र हुनुपर्दा सास्ती पनि खेप्नुपरेको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger