|
|
शुक्रवार विहान पौने ६ बजेरित अर्घाखाँचीको लागि छुटेको बा ३ ख ४४५१ नम्वरको यात्रु बोकेको माइक्रोबस ग्वारखोलामा बगेको हो ।
माइक्रोबस वगेपनि त्यसमा सवार सबै यात्रुहरु भने सकुशल नै रहेको अम्विेकेश्वरी सार्वजनिक राप्ती यातायात समितिका एकजना कर्मचारी प्रविन केसीले जानकारी दिए । उक्त माइक्रोबस अर्घाखाँचीको भएपनि अम्बिकेश्वरी संगको समन्वयमा सञ्चालन हुँदै आएको थियो ।
माइक्रोबस खोलामा बगाएपछि यात्रुहरुले हारगुहार मागेका थिए । स्थानीयवासी गएर यात्रुहरुको उद्धार गरेका थिए । अम्विकेश्वरी समितिका अर्का कर्मचारी संकल्प बुढाथोकीका अनुसार अर्घाखाँची जान हिडेका यात्रुलाई अर्को बसमा गन्तव्य तर्फ पठाइएको छ । स्रोत: तुलसीपुर अनलाइन
Post a Comment