|
|
द्वन्द्वकालमा बेपत्ता भएका घटनामा उजुरी गत बैशाखबाट स्थानीय शान्ति समिति मार्फत दिने व्यवस्था रहेको थियो । गत जेठ मसान्तमा उजुरी दिने म्याद सकिने भनिएको भएतापनि आयोगले असार मसान्तसम्म म्याद थप गरेको थियो ।
उजुरी दिने म्याद असार ३१ गते सकिएको छ । नियमावलीको व्यवस्था अनुसार आयोगको केन्द्रीय कार्यालयमा भने साउन २६ गतेसम्म उजुरी दिनसक्ने आयोगले बताएको छ ।
स्थानीय शान्ति समिति तथा आयोग कार्यालयमा पीडितले उजुरी दिने व्यवस्था थियो । रोल्पा जिल्लामा यस अघि आरसीआईसीले ६६ जना वेपत्ता भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । त्यस्तै सत्य निरुपन तथा मेलमिलाप आयोगमा रोल्पाबाट २८ सय ८२ जनाको उजुरी परेको स्थानीय शान्ति समिति रोल्पाले जनाएको छ ।
यसको उजुरी दिने म्याद भोली सकिदै छ । जिल्लामा पीडितहरुको सङ्ख्या धेरै भएपनि उजुरी भने न्यून आएको पाइएको छ । तुलसीपुर अनलाइन
Post a Comment